पथरीशनिश्चरे,
मोरङको पथरीशनिश्चरे वडा नं. ५ को मौलीबारीको एक नम्बर ग्राभेल बाटो निर्माणको अनुगमन गरिएको छ ।
नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक देवीमाया काफ्लेको अगुवाईमा, वडा अध्यक्ष वीरबहादुर राई, नगरका प्राविधिक कर्मचारीहरु सहितको टोलीले अनुगमन गरेको हो ।
सो बाटोको लम्बाई ७ सय १० मिटर, चौडाई ६ मिटर र उचाई (थिगनस) १५ सेन्टी रहेको छ । सो बाटोको लागत नगरबाट १० लाख विनियोजित भएको हो ।