स्तनपान कक्ष निर्माण गर्ने निर्णय

0
134

विराटनगर, 

प्रदेश नं १ का उपसभामुख सृजना दनुवारले प्रदेशसभामा महिला प्रदेशसभा सदस्य र सचिवालयका महिला कर्मचारीलाई स्तनपानका लागि अलग्गै कक्ष निर्माण गर्ने निर्णय गर्नुभएको छ ।

प्रदेशसभामा पदबहाली कार्यक्रममा प्रदेश संरचनालाई बलियो बनाउने कार्यमा आफ्नो ध्यान केन्द्रित हुने भन्दै उहाँले प्रदेशसभा निष्पक्ष सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

उपसभामुख दनुवारले प्रदेश स्थापना भएको थोरै समयमा यसप्रति भइरहेको नकारात्मक टिप्पणीलाई सकारात्मकतामा बदल्ने भन्दै लिङ्ग, भाषा र जातजातिबाट प्रभावित नभई सही ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here