गर्भवती र सुत्केरीलाई पौष्टिक अहार

0
90

नवलपरासी,

नवलपरासी ( बर्दघाट– सुस्ता पश्चिम) का सात पालिकामध्ये पहिलो पटक रामग्राम नगरपालिकाले आठ सय ९५ गर्भवती तथा सुत्केरीलाई निःशुल्क पौष्टिक आहार उपलब्ध गराएको छ ।

जिल्लाका सात स्थानीय सरकारमध्ये यस नगरपालिकाले पहिलो पटक छ सय १९ गर्भवती र दुई सय ७६ सुत्केरीलाई निःशुल्क पौष्टिक आहार उपलब्ध गराएको नगरप्रमुख धनपथ यादवले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रका अधिकांश महिला सुत्केरी तथा गर्भवती भएको अवस्थामा पर्याप्त पोषण सहित खानेकुरा खान नपाउँदा बच्चा र आमाको स्वास्थ्य विग्रन सक्ने जनाउँदै सबै वडाका गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहारसहित झोला वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here