फुटबल खेलाडी पुनमलाई ५० हजार नगदसहित सम्मान

0
224

युद्धबहादुर बोहोरा,
पाँचथर । 

राष्ट्रिय फुटबल महिला खेलाडी पुनम चेम्जोङलाई फाल्गुनन्द गाउँपालिकाले ५० हजार नगदसहित सम्मान गरेको छ ।

पालिकाले एक कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरेको हो । नेपाल अन्डर–१५ राष्ट्रिय महिला फुटबल टिममा छनौट भएर चेम्जोङसहितको टिमले १ नोभेम्बर २०२२ देखि ११ तारिखसम्म बङ्गलादेशमा आयोजित महिला साफ च्याम्पियन २०२२ को महिला राष्ट्रिय फुटबल टिमको खेलाडीको रुपमा सहभागी भएकी थिइन् ।

उक्त खेलमा नेपालले ऐतिहासिक उपाधि पाउन सफल भएको थियो । ग्रामीण क्षेत्रमा रहेर पनि उनी राष्ट्रिय खेलाडी बन्दै उनले खेलकुद क्षेत्रमा पु¥याएको योगदान र पालिकाको नाम राष्ट्रिय स्तरमा चिनाउन सफल भएको प्रति उच्च कदर गर्दै सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।

पालिकाको ५ नम्बर वडास्थित सिङ्हाङ निवासी पूर्णराम र मुना चेम्जोङको कान्छी छोरी पुनम २०६४ साल पुस ३ गते जन्म भई प्रारम्भिक शिक्षा विजयटार आधारभूत विद्यालाय फाकफोकथुम–१ दशमीमा हासिल गरिन् ।

त्यसपछि घुर्बिसे पञ्चमी माध्यामिक विद्यालय फाल्गुनन्द–५ फाक्तेपबाट एसईई पास गरेपछि हाल द इन्साइड भिजन काठमाडौंमा कक्षा ११ मा अध्ययनरत् उनी माघ १२ गतेदेखि अन्डर–१७ को महिला फुटबल खेलको छनौट हुने खेलमा तयारी गरिरहेको क्लवका मानार्थ सदस्य केबी चेम्जोङले जानकारी दिए ।

फाल्गुनन्द–५ नम्बर वडामा रहेको फाक्तेप युथ क्लवको सदस्य रहेकी चेम्जोङले हिले मैदानबाट फुटबल खेलमा थालनी गर्दै अहिले पाँचथर जिल्लाको मात्र नभएर देशकै इज्जतलाई उचाईमा पु¥याउन र फुटबल खेलमा पु¥याएको योगदानको कदर गर्दै युथ क्लवले सम्मान कार्यक्रमको आयोजना गरेर विजय ¥यालीसहित उनलाई घरसम्म लगिएको थियो । उनले अध्ययन गरेको विद्यालय र ५ नम्बर वडाले नगद १० हजार रुपैयाँले सम्मान गरिसकेको क्लवका अध्यक्ष पञ्चकुमार चेम्जोङले बताए ।

उनी काठमाडौं बस्नु पर्ने व्यक्तिगत कारणले केही समय ढिलै भए पनि पालिकाले सम्मान गरेको छ । शिक्षा तथा खेलकुद शाखा प्रमुख बाबुराम राईको अध्यक्षतामा पालिका अध्यक्ष बृजहाङ आङ्देम्वे र उपाध्यक्ष ठाकुरसिंह नेम्बाङले ५० हजार रुपैयाँको चेक र सम्मान पत्रसहित सम्मान गरेका हुन् । मेहनतका साथ खेलाडी उत्पादन गर्ने फाक्तेप युथ क्लव तथा सम्मानित खेलाडी चेम्जोङलाई बधाई र शुभकानासहित आगामी दिनमा पनि पालिकाले सहयोग गर्ने आश्वासन दिए ।

कार्यक्रममा पालिकाका लेखा शाखा प्रमुख चन्द्र योङ्हाङ, योजना तथा प्रशासन शाखा प्रमुख निर्मल अधिकारी, वडा नम्बर ५ का अध्यक्ष बिष्णुकुमार चेम्जोङ, जनकल्याण मावि कोल्बुङ्का प्रधानाध्यापक पूर्णकुमार सदेम्बा, फाक्तेप युथ क्लव (पीवासी) परिवार, पालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here