स्रष्टा मिलनकुमार ढुंगानाले ल्याए ‘एक थान जिन्दगी’

0
205

शिक्षण अभ्यास र साहित्य साधनामा दुई दशकभन्दा बढी समय खर्चिएका स्रष्टा मिलनकुमार ढुंगानाले गजल संग्रह ‘एक थान जिन्दगी’ प्रकाशन गरेका छन् ।

अविच्छिन्न लेखकीय कर्ममा सक्रिय रहँदै आएका ढुंगानाले यसै साता आफ्ना गजललाई पुस्तकको आकार दिएका हुन् । गजल संग्रहमा ४७ प्रकारका प्रचलित बहर छन् । कम प्रचलित कठिन बहरहरूलाई पनि पुस्तकमा समेटिएको लेखक ढुंगानाले बताए ।

गजल संग्रहमा विभिन्न मात्राका मीर बहरको प्रयोग पनि गरिएकोे छ । किताबको आवरणमा झापाली सर्जक पवन राजवंशीको कला प्रयोग भएको छ । किताब १३४ पृष्ठको रहेको छ । जसमा स्रष्टा सर्जकहरुले ढुंगानाको लेखकीय क्षमता र त्यसले सिर्जना गर्ने तरंगसहित शुभकामना व्यक्त गरेका छन् ।

प्राध्यापक डाक्टर घनश्याम न्यौपानेले किताबमा मुख्य भूमिका लेखेका छन् । साहित्यकारहरु कृष्ण धरावासी, चुडामणि रेग्मी, गजल लेखन तथा गायन क्षमताका धनी चर्चित व्यक्तित्व बुँद राना र आवाज शर्माको शुभकामना कितावमा छापिएको छ ।

नेपाली साहित्यिक क्षेत्रमा नयाँ आयाम थप्ने गरी गजलको गर्भबाट आएको ढुंगानाको कितावले लेखन अभ्यासमा रहेको युवा पुस्तालाई थप प्रेरणा र हौसला दिनेछ । निरन्तरको मेहनत र सिर्जनाको प्रतिफल स्वरुप पुस्तक तयार भएको लेखक ढुंगानाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here