समुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक– प्रमुख तुम्वापो

0
167

छविराज ढकाल/पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरपालिकाका मेयर मोहनप्रसाद तुम्वापोले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न औंल्याएका छन् ।

आज पथरीशनिश्चरे ७ लामाटोलीमा रहेको दुर्गा माध्यमिक विद्यालयको ४३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमका प्रमुख अतिथि मेयर तुम्वापोले सरकारी विद्यालयहरुमा शिक्षाको गुणस्तरलाई सुधार गर्न आवश्यक छ र अभिभावकहरुले पनि आफ्ना छोराछोरीको अध्ययनमा अलि बढी चासो दिने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक गोपाल प्रसाद भट्टराईले विद्यालयमा अक्षयकोष स्थापनाका लागि ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

वार्षिकोत्सव कार्यक्रममा पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, बालकल्याण माविका प्रधानाध्यापक रोहिणी घिमिरे, पूर्व वडा अध्यक्ष कपिलमणि ढकाल, पूर्व कार्यपालिका सदस्य तथा वडा सदस्य मैनादेवी राई लिम्बू लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here