पर्यटन क्षेत्रलाई व्यवस्थित गरी अघि बढ्न आवश्यक रहेको मुख्यमन्त्री कार्कीको भनाइ

0
126

छविराज ढकाल/ पथरीशनिश्चरे,

१ नं प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारको लागि आफ्नो तर्फबाट सक्दो सहयोग पुयाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

आज मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा)को डेस्टिनेसन मार्केटिङ कन्क्लेभमा बोल्दै मुख्य मन्त्री कार्कीले सो कुरा बताएका हुन् । मुख्य मन्त्री कार्कीले प्रदेश १ को पर्यटन क्षेत्रलाई व्यवस्थित गरि अघि बढ्न आवश्यक भएको भन्दै पर्यटन व्यवसाय सम्बन्धि यो भेला उपलब्धी मूलक भएको बताएका छन् ।

मुख्यमन्त्री कार्कीले पर्यटन क्षेत्रमा पर्यटन दशक घोषणा गरेर विश्वका बजारमा अर्बौं प्रचारमा खर्च गर्नु अगाडि देशका गन्तव्यहरूको पूर्वाधार विकास गर्नु पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गरेका हुन् ।

कुनै पनि नीतिगत र पुर्वाधार निर्माणमा समस्या नहुने हो भने निजी क्षेत्रले आफैं पर्यटन सम्बन्धि विषयवस्तुको प्रचार गर्ने बताउँदै मुख्य मन्त्री कार्कीले-” पर्यटन क्षेत्र व्यवसाय बनेर सम्भावनाको खोजी गरी अझै अगाडि बढने विश्वास लिनु भएको थियो।

प्रदेश १ मा ५० देखि ६० किलोमिटरको सडक दूरीमा फरक फरक हावापानी पाइने भन्दै मुख्य मन्त्री कार्कीले पर्यटनमा त्यसले सहयोग गर्ने उल्लेख गरेका थिए। पर्यटन सम्बन्धि अर्को प्रसङ्ममा बोल्दै मुख्यमन्त्री कार्कीले बैंकिङ क्षेत्रको अनुदार नीतिले निजी क्षेत्र थला परेको उल्लेख गरेका छन् । ७/८ प्रतिशत ब्याजदर बढेर १४/१५ पुग्नु राम्रो नभएको भन्दै बैंकहरूको अनुदार नीतिले पर्यटन क्षेत्र समेत नराम्रो गरि थला परेको तर्क गर गर्नुभयो ।

निजी क्षेत्रलाई बैंकको ब्याजदर घटाउन आफ्नो पनि साथ हुने भन्दै मुख्यमन्त्री कार्कीले बैंककै नीतिले समस्या बढाएको र समस्या सावधानका लागि सरकारले ध्यान दिन जरूरी रहेको उल्लेख गर्नुभयो ।

पहिलो पटक भएको प्रदेश नं १ स्तरीय मार्केटिङ कन्क्लेभमा पर्यटन व्यवसायलाई के कसरी अघि बढाएर यसको वृद्धि विकास गरि ओझेलमा परेको बिषय तथा यहाँको सम्भावनालाई विश्वमा फैलाउँन सकिन्छ भन्ने बारेमा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा नेपाल ,भारत, बङ्गलादेश लगायतका २ सय भन्दा बढी होटल तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here