बीरता जेसीजमा घनश्याम

0
105

झापा, वीरता जेसीज बिर्तामोडको अध्यक्षमा घनश्याम चौधरी निर्वाचित भएका छन् । सन् २०२३ का लागि उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ८१ मत ल्याउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु प्रवेश बस्नेतले ४० , प्रकाश सुवेदी (लव ) ले २७ र दिवाकरलाल चौधरीले एक मत ल्याएका थिए ।
त्यस्तै उपाध्यक्ष पदमा प्रज्वल बिमली १२२ , सुमनकुमार पोद्धार ११४ , बाप्पा शाह ९८ र राज मुखिया ९५ मत ल्याएर निर्वाचित भएका छन् । विज्ञानराज पौडेल ८३ मतका साथ पराजित भएका छन् ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सुरज चौधरी ५४ र टीकाराम खतिवडा ४७ मतसहित निर्वाचित हुँदा अनन्तलाल महत्तो ४१ , पुकार बराल ४० , अमरजीत शाह ३३ , लोकचन्द्र श्रेष्ठ २५ , जनक खड्का २३ र कृष्ण अग्रवाल १३ मत ल्याई पराजित भएका छन् । वीरता जेसीजको १६३ जना सदस्य रहेकोमा १५१ मत खसेको जनाइएको छ ।
यसअघि तालिम संयोजकमा दिपेन धिमाल, संयुक्त सचिवमा प्रकाश थापा मगर, जनसम्पर्क अधिकारीमा बसन्त ढकाल, प्रकरण निर्देशकमा दिपक शाह निर्विरोध चयन भइसकेका छन् । नयाँ नेतृत्वले महासचिवसहित केही पदमा मनोनित गर्ने व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here