अर्जुनधारा ।
झापाको अर्जुनधारा–८ स्थित प्रज्जवला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६८ जना बालबालिकालाई शनिबार शैक्षिक सामग्री वितरण गरेको छ ।
संस्थाको २१ औं वार्षिकोत्सवको अवसरमा संस्था अन्र्तगत रहेको प्रज्जवला बाल क्लबमा आबद्ध उनीहरुलाई उक्त शैक्षिक सामग्री वितरण गरिएको संस्थाकी व्यवस्थापक तुलसा कुँवरले जानकारी दिइन् ।
संस्था सञ्चालक समितिका अध्यक्ष डिल्लीबहादुर घोर्साईंको अध्यक्षतामा आयोजित कार्यक्रममा जनजीविका बहुउद्देश्यीय सहकारी संस्थाका सहसचिव टंक खतिवडा, सल्लाहकारद्वय दीपेन्द्र काफ्ले र लेखनाथ पोखरेल, संस्थापक व्यवस्थापक कविता मगरलगायतले उनीहरुलाई उक्त सामग्री वितरण गरेका हुन् ।
समितिकी उपाध्यक्ष रञ्जना कार्कीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन व्यवस्थापक कुँवरले गरेकी थिइन् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।