माओवादी निकट संगठनको अध्यक्षमा चौलागाईं

६ फाल्गुन २०७९, शनिबार मा प्रकाशित

दूधे,

माओवादी केन्द्र निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक सङठन शिबसताक्षी नगर को तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ।

राष्ट्रिय रमणीय आदर्श मध्यमिक बिद्यालयको हलमा सम्पन्न सम्मेलनले गणेश चौलागाईंलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । सो सम्मेलनले समितिको उपाध्यक्षमा राम प्रसाद मन्डल र महिला उपाध्यक्षमा तारा देबि बास्तोलालाई चयन गरेको छ ।

यस्तै सचीवमा ज्ञानेन्द्र प्रसाद चापागाईं, कोषाध्यक्षमा युबराज आङदेम्बे पनि सर्वसम्मत चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा खगेन्द्र बहादुर लम्जेल , योगेन्द्र अधिकारी ,खुब बहादुर राई, दल बहादुर नेउपाने, टीका चम्लगाइ, भुपेन्द्र गौतम , मोहन कुमार लिम्बू , यज्ञ प्रसाद नेपाल ,लक्ष्मण मर्डी ,पुर्ण लाल राजबन्शी , राधा देबि गौतम, धुर्ब तोलङी सितल अधिकारी , लगायत २१सदस्य सर्बसम्मत चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्र का पिबिएम झलकसिङ दर्लामी मगर, शिक्षक संगठन प्रदेश १ का उपाध्यक्ष लोकनाथ गजुरेल, पार्टीका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, प्रदेश सल्लाहकार टेकनाथ सिवाकोटी नगर सचिव सन्जय राई, जिल्ला समन्वय समिति झापाका सदस्य सन्त पौडेल, मानव अधिकारकर्मी रामजी कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम गणेश चम्लगाइको अध्यक्षता र संचालन योगेन्द्र अधिकारीको सहजीकरणमा भएको थियो भने स्वागत ज्ञानेन्द्र चापगाइले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here