शिक्षक संगठनको तेस्रो परिषद् माईमा सम्पन्न

0
308

बिमल दहाल, माई ।

नेपाल राष्ट्रिय शिक्षक संगठन माई नगर समितिकाे तेस्रो माई नगर परिषद् शिक्षकलाई सम्मान र स्वागत गर्दै मंगलबार सम्पन्न भएको छ ।

सुखानी सामुदायिक अध्ययन केन्द्रको भबन शुक्रबारेमा सम्पन्न परिषदमा अबकास शिक्षकहरु कृष्ण कार्की, चन्द्र बहादुर तामाङ र देबेन्द्र ढकाललाई सम्मान गरिएको थियो भने शिक्षक सेबा आयोग सफल भई आउनु भएका शिक्षकहरु भवानी प्रसाद चम्लागाई, चेतन रेग्मी र हरि नारायण शाहलाई स्वागत गरिएको थियो।

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य प्रकाश खनालकाे प्रमुख अथित्यता सम्पन्न नगर परिषदमा संगठनका माई नगर सचिब घनश्याम निरौलाले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष मन बहादुर मगरले आर्थिक र महिला उपाध्यक्ष बसन्ती राईले महिला प्रतिबेदन पेश गर्नु भएको थियो।

संगठनका माई नगर समितिका कार्यवाहक अध्यक्ष पार्बता फुयलको अध्यक्षता, सचिब घनश्याम निरौलाको सन्चालन र उपाध्यक्ष भीम बहादुर राईको स्वागत रहेको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य प्रकाश खनाल, प्रदेश सदस्य किरण सुबेदी, जिल्ला अध्यक्ष लोक बहादुर थाम्सुहाङ, नेपाल बुद्धिजीवी परिषद् इलाम अध्यक्ष वाई वि योङहाङ, संगठनका जिल्ला सचिब धर्म अधिकारी, गरुवा वहुमुखी क्याम्पसका प्रचार्य भुपाल अधिकारी, सुखानी सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मुखराज आङदेम्बे, संगठन माईका पुर्ब अध्यक्ष खेम लिम्बु, संगठन रोङ कमिटि अध्यक्ष भुपाल खड्का, नेपाल शिक्षक संघ माई अध्यक्ष रुद्रबहादुर मगर, शिक्षक कर्मचारी परिषद माईका अध्यक्ष सन्तु मोक्तान लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा माई नगर भित्रका ८० शिक्षकहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here