झापा बर्ड फ्लुको उच्च जोखिमा : भारतबाट खुलेआम ल्याइन्छ कुखुरा र मासु

0
95

विनोद सापकोटा,
झापा।

भारतवाट अवैध रूपमा कुखुरा जन्य बस्तुको आयात हुँदा झापा बर्ड फ्लु उच्च जोखिममा परेको छ ।

खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय व्यवसायीले निर्वाध कुखुरा, अन्डा, मासु नेपाल भित्र्याउँदा जोखिम बढेको झापाका व्यवसायी बताउँछन् । कुखुरा जन्य बस्तु जुनसुकै मुलुकबाट पनि नेपाल भित्र्याउन पाईँदैन । नेपाल सरकारले कानुनमै यसलाई प्रतिबन्ध लगाएको छ ।

झापामा बर्ड फ्लु संक्रमण देखा पर्यो भने सयौँ किसानको लाखौं लगानी डुब्ने उनिहरुले बताए । झापामा फस्टाउँदो कुखुरा व्यवसायको सुरक्षा राज्यले गर्न नसक्दा लगानी डुब्ने खतरा भएको पनि व्यवसायीले बताए।

झापामा लियर्स र वोइलर कुखुराको व्यवसाय गर्ने ३ हजार किसान छन् । उनिहरुले करिव २३ अर्व लगानी नेपाली कुखुरामा छ । जिल्ला कुखुरा उत्पादक व्यवसायी संघ झापाका अनुसार ६४ हजारले यो व्यवसायबाट प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएका छन् ।

जिल्लाका पाठापुर, गोलधाप, पन्थापाडा, कुन्जीबारी, नकल्बन्दा, काकडभिट्टा, भद्रपुर, कचनकवल, झापा गाँउपालिका, गौरिगञ्ज गाँउपालिकाको विभिन्न नाकाबाट अबैधरुपमा कुखुरा जन्य बस्तुको अबैध आयात हुने गरेको जिल्ला कुखुरा उत्पादक व्यवसायी संघ झापाका अध्यक्ष विवेक निरौलाले बताए । उनका अनुसार प्रहरीकै मिलेमतोमा कुखुराको मासु, चल्ला, र अन्डा नेपाल भित्रिने गरेको छ । ‘यसले कानुनको धज्जी समेत उडाएको छ,’ उनले भने ।

यो व्यवसाय थोरै लगानीमा पनि गर्न सकिने भएकाले धेरै किसान यसमा आकर्षीत भएको झापाका किसानले बताए । थोरै लगानीमा पनि मनग्ये आम्दानी गर्न सकिने भएकाले विदेशबाट फर्किएका युवा, युवती पनि यो व्यवसायमा पछिल्ला दिनमा जोडिन थालेका छन् ।

भारतीय व्यवसायीले नेपाली कुखुराको मासु बेच्ने बिक्रेता संग समन्वय गरेर नेपालमा मासु जन्य बस्तुको अबैध आयात गर्ने गरेका छन् । भारत बाटप्रतिवन्धित अबैध रुपमा नेपाल भित्र्याएका कुखुराको स्वास्थ्य परिक्षण नगर्दा जोखिम बढेको व्यवसायीको गुनासो छ । उनिहरुे भने, ‘भारतबाट पशुपंक्षी नेपाल आयात गर्दा नाकामा कडाई गरियोस् ।’ प्रतिबन्धित बस्तुको आयात त्तकाल नरोके त्यसबाट पर्ने असर र क्षतिको बारेमा सरकारले व्यवसायीलाई क्षतिपुर्ती दिनुपर्ने उनिहरुको माग छ ।

झापाका व्यवसायीले बिहिबार र शुक्रबार मात्रै कुखुराको तयारी मासु पुर्वी नाकाको मुख्य बाटो काकडभिट्टा हुँदै नेपाल भित्र्याएको आरोप लगाएका छन् । तीनवटा सुरक्षा बारको परबाह नै नगरी खुलेआम प्रतिबन्धित मासु नेपाल भित्रिएको झापाली व्यवसायीले फेलापारेको व्यवसायी संघ झापाका अध्यक्ष निरौलाले बताए ।

‘नेपाल प्रहरी, शसस्त्र प्रहरी र भन्सारका कर्मचारी समेतलाई जानकारी गराउँदा उहाँहरुले मतलबै राख्नु भएन,’ निरौलाले भने । उनका अनुसार सिमानाबाट आएको प्रतिबन्धित अबैध मासुलाई जफत वा कानुनी कार्वाहीका लागि सरकारका अधिकारी संग अनुरोध गर्दा पनि बेवास्ता हुन्छ भने भारतीय व्यापारी र सिमानामा खटिएका प्रहरी बीच मिलेमताको आशंका गर्न सकिन्छ ।

व्यवसायीले सुरक्षाको कारण देखाउँदै भारतबाट नेपाल आयत हुने कुखुराको अबैध मासु रोक्न सरकार संग पटक पटक माग गर्दै आएका छन् । सरकारले पनि व्यवसायीको माग उचित रुपमा सम्बोधन गर्ने बताएपनि दिनहँु नाकाबाट अबैध रुपमा कुखुरा, त्यसको तयारी मासु र अन्डा आयात हुने गरेको छ ।

कतिपय नाकामा त प्रहरीले त्यस्तो बस्तु व्यापारीले नेपाल भित्राएको देखेपनि नदेखे जस्तो गर्ने गरेको झापा गाँउपालिकाका किसान हरेराम शाहले बताए । उनले भने, ‘करोडौ रुपैयाँ लगानी गरेर कुखुरा व्यवसाय संचालन गरेको छु । भारतबाट विना परिक्षण कुुखुरा जन्य बस्तु आयात हुँदा मेरो खोरका कुखुरा कतिबेला बर्ड फ्लुले सोत्तर बनाउने हो, थाहा छैन ।’

व्यापारीले शसस्त्र प्रहरी र मेची भन्सारको जाँच केन्द्रमा भनसुन गरेर नै मासु नेपाल भित्र्याउछन् । सुरक्षाको तश्रो बारमा रहेको नेपाल प्रहरीको कडा सुरक्षा संग भने उनिहरु बादविवाद गरेरै मासु नेपाल त्रित्याउने गरेको नेपाल प्रहरीका एक कर्मचारीले बताए । नाम उल्लेख नगर्ने सर्तमा उनले भने,‘ यस्तो कारोबारमा महिला अगाडी छन् । प्रहरी संग झगडै गर्न खोज्छन् । मासु जफत गर्दा गर्दे लछार पछार पारेर उनिहरु फुत्कीने गरेका छन् ।’

काकडभिट्टा नाकाबाट सबैभन्दा धेरै कुखुरा, अन्डा र तयारी मासु अबैध रुपमा नेपाल भित्रिने गरेको व्यवसायीको आरोप छ । तर,प्रतिबन्धीत मासु नेपाल भित्रिएको बारे आफुलाई कुनै जानकारी नभएको इलाका प्रहरी कार्यालय काकरभिट्टाका डिएसपी दिपक भारतीले बताए । ‘नाकामा प्रतिबन्धीत बस्तुहरुको अबैद्य आयातलाई कडाई गरिएको छ,’ डिएसपी भारतीले भने, ‘कुखुराको मासु मात्रै होईन कुनै पनि प्रतिबन्धीत बस्तु नेपाल छिर्न नदिन हामीले नाकामा कडाई गरेका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here