बिर्तामोडमा कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता

0
189

झापा,  झापाको बिर्तामोडमा कोशी प्रदेश स्तरीय खुल्ला व्याडमिटन प्रतियोगिता २०७९ हुने भएको छ ।
फागुन २९ गतेदेखि तीन दिन प्रतियोगिता आयोजना गर्न लागिएको र सबै तयारी पूरा भएको आइतवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
लायन्स क्लव अफ अनारमनी र लायन्स क्लव अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी दिए । प्रतियोगितामा ३६ वटा टिमले सहभागीता जनाउने बताइएको छ ।
प्रतियोगिताका विजता टिमले नगद ५० हजार ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै दितीयहुने टिमले ३० हजार र तृतीय हुने टिमले सात हजार पाँच सय सहित ट्रफी र प्रमाणपत्र पाउने लायन्स क्लव अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।
त्यस्तै भेट्रान तर्फ ४५ वर्षदेखि माथिका खेलाडीले सहभागीता जनाउने छन् । प्रतियोगिताताले ३० हजार , दितीयले १५ हजार र तृतीय हुने टिमले नगद पाँच हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक लोरेन्स विष्टले बताए ।
प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सभा सदस्य एकराज कार्कीले गर्ने बताइएको छ ।
चार वर्षदेखि प्रदेश स्तरीय प्रतियोगिता झापामा गरिदै आएको र एक वर्ष कोभिडका कारण प्रतियोगिता हुन नसकेको आयोजक समितिका कार्कीले बताए । यो वर्ष पुरस्कारको राशि समेत वृद्धि गरिएको जनाइएको छ ।
प्रतियोगितामा झापा सहित ताप्लेजुङ, पाँचथर, उदयपुर, इलाम, सुनसरी लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता बिर्तामोड ३ स्थित मेहरमान वहुउद्देश्यीय कवर्ड हलमा आयोजना गर्न लागिएको हो ।
स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ अनारमनीका अध्यक्ष घिमिरेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here