पथरीशनिश्चरे ५ मा कृषक सामाग्री वितरण

0
128

पथरीशनिश्चरे,

पथरीशनिश्चरे वडा नं. ५ स्थित भोटेघुम्ती कृषि सहकारी संस्था लि. ले कृषकहरुलाई ५० % अनुदानमा कृषक सामग्री वितरण गरेको छ ।

बिहीबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायिक कृषि उत्पादन नयाँ मकै बाली पकेट विकास अन्तर्गत नगरपालिकाको सहयोगमा कृषकहरुलाई ५०% अनुदानमा कृषक सामग्री वितरण गरेको हो ।

कार्यक्रममा कृषि सामाग्रीहरु पानी तान्ने मोटर ८ वटा, स्प्रे ट्याङ्की ३५ वटा, मकै रोप्ने मेसिन ६ वटा र मकै गोड्ने मेसिन २ वटा प्रदान गरिएको थियो।

सो कार्यक्रममका प्रमुख अतिथि नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेले कृषिमा गरिएको यो लगानी पक्कै पनि कृषकहरुले नाफामुखी कार्यमा खर्च गर्नुहुनेछ भन्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।

संस्थाका अध्यक्ष खड्ग कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना मन्तव्य वडा नं.५ का वडाध्यक्ष चेतन खड्का र नगरका कृषि शाखा प्रमुख टिका राईले राख्नुभएको थियो । यस्तै, उक्त अवसरमा वडा सदस्य तथा कार्यपालिका सदस्य तुलसा कार्की, तिलबहादुर भट्टराई अतिथि रहनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here