जलसिंह माविमा अक्षयकोष

0
102

युद्धबहादुर बोहोरा,
पाँचथर ।

फाल्गुनन्द गाउँपालिका–३ स्थित जलसिंह माध्यमिक विद्यालयमा मनकुमार चेम्जोङको अगुवाईमा दुई लाख दुई हजार आठ सय ८५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।

हरेक वर्ष कक्षा ८, १० र १२ मा प्रथम हुने विद्यार्थीलाई उक्त रकमको वार्षिक ब्याजबाट ७५ प्रतिशत रकम पुरस्कार स्वरुप प्रदान गर्ने गरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवेन्द्रकुमार राई तथा प्रधानध्यापक चन्द्रप्रसाद अधिकारीलाई उनले चेक हस्तान्तरण गरेका हुन् ।

विद्यालयका पूर्व विद्यार्थी तथा विद्यालय व्यवस्थापन समिति सदस्य रहेका उनले दक्षिण कोरियामा बसेर आफ्ना ३३ जना साथीहरुको सहयोगमा संकलन गरेको पैसा हाल उनी नेपाल फर्किएका बेला विद्यालयद्वारा आयोजित एक कार्यक्रमका बीच रकम उपलब्ध गराएका छन् ।

विद्यार्थीमा मेहनत गरी पढ्ने बानीको विकास गर्न साथै शैक्षिक गुणस्तर सुधारमा मद्दत पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको जनाइएको छ । अक्षयकोषको रकम जुटाउन हाल दक्षिण कोरियामा कार्यरत इलाम र पाँचथरको सिमाना राँके बजार निवासी मनिकुमार चेम्जोङ र प्रदिप आचार्यले २०–२० हजार रुपैयाँ प्रदान गरेका छन् ।

त्यस्तै विरेन थापा (विकास)ले १५ हजार, सुमन चेम्जोङले १० हजार, सुरेन चेम्जोङ, कल्याण चेम्जोङ, राकेश चेम्जोङ, जीवन अधिकारी, अमिशा सक्तेन राई, सरोज बस्नेत, रेखा चेम्जोङ र भिषण चेम्जोङले पाँच हजारका दरले रकम उपलब्ध गराएका छन् ।

त्यसैगरी राँके बजारकै प्रेक्षा लामा गुरुङले छ हजार, अशोक राईले चार हजार पाँच सय ८३ रुपैयाँ, सञ्चहाङ माइलाले सात हजार एक सय ७४, कमल आचार्य दुई हजार पाँच सय साथै राँके देउरालीका युवराज गुरुङ दुई हजार आठ सय ७३, निबुखोलाकी एलिना मोक्तानले पाँच हजार सात सय ६० रुपैयाँ दिएकी छिन् ।

फाल्गुन्नद–४ पात्लेका छिरिङ शेर्पाले नौ हजार सात सय १२ रुपैयाँ, राँके घर भइ हाल झापा निवासी कोरियामा कार्यरत आशिष आर्याल र नितेश खनालले १०–१० हजार साथै धिरज मगरले दुई हजार प्रदान गरेका छन् ।

त्यस्तै इलामका केशव चापागाँईले १० हजार, झापाका किशोर सुवेदीले पाँच हजार, डिक गुरूङले चार हजार सात सय ८३, क्रिस् फुयालले दुई हजार पाँच सय सहयोग गरेका छन् । पोखराका ओम गुरुङ, बाग्लुङका जेनिश शर्मा, सिन्धुलीका सन्तोष लामा, सुनसरीका प्रदिप कार्की, काठमाडौंका ज्ञान ठकुरी र नारायण शिवाकोटीले दुई हजारका दरले आर्थिक सहयोग गरेका छन् । साथै सुनसरीका धन कार्कीले तीन हजार रुपैयाँ उपलब्ध गराएको संकलनमा अगुवाई गर्ने चेम्जोङले जानकारी दिए । उनले शैक्षिक उन्नतिको लागि आगामी दिनमा पनि सदैव समर्पित हुने अठोट गरे ।

वैदेशिक रोजगारमा रहेर पनि आफ्नो स्थानीय विद्याललाई उनी लगायत सवै सहयोगी दाताहरुलाई अक्षयकोष स्थापना गरी एक उदाहरणीय कार्य गरेको प्रति विद्यालय व्यवस्थापन समिति, विद्यालय परिवार तथा अभिभावक र बुद्धिजीवीहरुले धन्यवाद ज्ञापन गर्दै अगुवाई गर्ने चेम्जोङलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

आगामी दिनमा यसरी नै सहयोग गरिदिन पनि सबैमा विद्यालय परिवारले आग्रह गरेको छ । शैक्षिक प्रवद्र्धनका लागि अक्षयकोष स्थापना भएपछि विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्ने सरोकारवालहरुले विश्वास व्यक्त गरेका छन् । उक्त कार्यक्रम शिक्षक अभिषेक राईले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here