जैश–ए–मोहम्मद पेशावरमा खुलेआम पैसा संकलन गर्दै

0
70

एजेन्सी,

प्रतिबन्धित आतंकवादी समूह जैश–ए–मोहम्मदले पाकिस्तानको पेशावर सहरमा खुलेआम पैसा संकलन गर्ने गरेको पाइएको छ । यस संगठनले पेशावरमा प्रहरीकै सामुन्ने पैसा संकलन गर्ने गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

शौकत अली कश्मीरीले ट्वीटमा लेखेका छन्, ‘पाकिस्तानको पेशावरमा प्रतिबन्धित आतंकवादी संगठन जैश–ए–मोहम्मदले खुलेआम पैसा संकलन गरिरहेको घटनाले अतिवादी समूहको सक्रियताबारे चिन्ता बढाएको छ । यो समूह धेरै आतंकवादी हमलाहरूको लागि जिम्मेवार छ ।’

पाकिस्तान र भारतका विभिन्न स्थानमा भएका आतंककारी आक्रमणमा यस समूहको संलग्नता रहेको बताइन्छ ।

यस्ता प्रतिबन्धित समूहले खुलेआम रकम जुटाउन सक्ने अवस्थाले आतंकवादी गतिविधिमाथि नियन्त्रण गर्ने पाकिस्तान सरकारको क्षमतामा प्रश्न खडा गरेको विश्लेषकहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here