‘कंगारुले आयोजना गर्ने रोड सो विद्यार्थीका लागि विशेष अवसर हो’

0
35

पछिल्लो समय प्लस टु पछि प्राय विद्यार्थीको रोजाईमा वैदेशिक अध्ययन प्राथमिकतामा पर्ने गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई मध्यनजर गरेर विभिन्न कन्सल्टेन्सीहरु स्थापना भएका छन् । त्यसमध्येमा प्रतिष्ठित कन्सल्टेन्सीको पहिचान बनाउन सफल भएको अग्रणी संस्था हो कंगारु एजुकेशन फाउन्डेसन । कंगारुले सेवा प्रदान गरेको १६ वर्ष भइसकेको छ ।

यस अवधिमा २० हजार भन्दा बढी विद्यार्थीले सेवा लिइसकेको बताउँछन् प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिना । तिमल्सेना आफै पनि विदेशमा अध्ययन गरेर त्यहाँको अनुभव संगालेका अनुभवी व्यक्ति हुन् । उनको नेतृत्वमा स्थापित कंगारुले काठमाडौंसहित देशका अन्य मुख्य शहरमा पनि शाखा स्थापना गरी सेवा प्रदान गरिरहेको छ । यसै सन्दर्भमा कंगारुले अगष्ट १४ देखि ‘अल नेपाल रोड सो’ कार्यक्रम गर्दैछ । यसैक्रममा तिमल्सेनासँग रोड सो लगायतका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः

बजारमा धेरै एजुकेशन कन्सल्टेन्सीहरु छन् । विद्यार्थी र अभिभावकले परामर्श सेवाका लागि कंगारु एजुकेसन फाउन्डेसन नै किन रोज्ने ?

कंगारु एजुकेसन फाउन्डेसनले बिगत १६ वर्षदेखि अध्ययनका लागि विदेशका विभिन्न उत्कृष्ट शैक्षिक गन्तव्यमा जान चाहने नेपाली विद्यार्थीलाई परामर्श सेवा दिदै आइरहेको छ । नेपाली विद्यार्थीको आवश्यकतालाई ध्यान दिएर समय समयमा विदेशमा रहेका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेट गराउँदैे आएका छौं । हामीले ५ वटा देशका प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका लागि काम गर्दै आएका छौं । युएसए, न्युजिल्याण्ड, क्यानडा, युके र अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेका छौं । हामीले विद्यार्थीलाई सत्य तथ्य जानकारी मात्रै दिन्छौं । हामीसँग आबद्ध काउन्सिलरहरु लामो समयको अनुभवी तथा सर्टिफाइड हुनुहुन्छ । विदेशमा गएर अध्ययन गरी त्यहाँको अनुभव संगालेको टिम हामीसँग छ । जसले गर्दा विदेश जान चाहने विद्यार्थीलाई त्यहाँको वास्तविक समस्या तथा अवसरका बारेमा जानकारी गराउन हामी सक्षम छौं ।

कंगारुले समय समयमा इन्फरमेसन डे तथा रोड सो कार्यक्रम गर्दै आइरहेको छ । यस पटकको इभेन्ट कहिले हुन्छ ?

हामीले कंगारुमा सेवा लिन चाहने विद्यार्थीलाई युनिभर्सिटी तथा कलेजका बारेमा फस्ट ह्याण्ड इन्फरमेन त्यहाँकै प्रतिनिधिमार्फत सिधै प्रदान गर्दै आइरहेका छौं । सोही मान्यता अनुसार नै हामीले हरेक वर्ष ‘अल नेपाल रोड सो इनहाउस इभेन्ट’ गर्दै आएका छौं । कंगारुको कार्यालय रहेका शहरहरुमा हामीले रोड सो गर्दै आएका छौं । जुन कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिदै छौं । अहिलेको इभेन्ट अगस्ट १४ देखि २२ सम्म हुनेछ । अगस्ट १४ मा काठमाडौंबाट शुरु भएर १५ मा बिर्तामोड, १६ मा इटहरी, १८ मा चितवन, २० मा बुटवल र २२ मा पोखरामा हुनेछ । इभेन्टमा हामीसँगै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु पनि रहनुहुनेछ ।

अल नेपाल रोड सो आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपालको विभिन्न भागमा रहनुभएका विद्यार्थी तथा अभिभावकलाई विदेशस्थित कलेज तथा युनिभर्सिटीसम्म सिधा पहुँच पुर्याउनु हो । कलेज तथा युनिभर्सिटीका बारेमा सिधा जानकारी विद्यार्थीले प्राप्त गर्न पाउने एक अवसर पनि हो रोड सो । कलेजमा अध्यापन हुने विषय, फि स्टक्चर, स्कलरसिप, शैक्षिक गुणस्तर लगातयका बारेमा जानकारी लिन विद्यार्थी तथा अभिभावकलाई सहज हुनेछ । भिजा प्रक्रियाका बारेमा पनि हामी परामर्श प्रदान गर्छौं । विद्यार्थीले आफ्नो ठाउँमा नै बसेर भिजा अप्लाई गर्न पाउनुहुन्छ, जुन महत्वपूर्ण अवसर पनि हो ।

रोड सोमा कुन कुन देशका प्रतिनिधि आउनुहुन्छ ?

कंगारुले अष्ट्रेलिया, न्युजिल्याण्ड, युके, युएसए र क्यानडा जान चाहने विद्यार्थीलाई परामर्श सेवा दिदै आएको छ । यी सबै देशमा रहेका विभिन्न २५ भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको इभेन्टमा सहभागिता रहन्छ ।

कंगारुबाट सेवा लिएका विद्यार्थीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

हामीसँग १६ वर्षको लामो अनुभव तथा इतिहास छ । यो अवधिमा कंगारुमा आएर परामर्श तथा कक्षा लिएर जाने विद्यार्थी सफल पनि हुनुभएको छ । विदेश गइसकेपछि पनि उहाँहरुलाई हामीले आवश्यकता अनुसार अभिभावकत्व प्रदान गर्दै आइरहेका छौं । यहाँबाट गएका विद्यार्थीबाट हामीले सकारात्मक प्रतिक्रिया पाएर नै हामीले १६ वर्षे यात्रामा दिनप्रतिदिन विद्यार्थी र अभिभावकको विश्वास जित्दै आइरहेका छौं ।

समय समयमा परिवर्तन हुने नीतिबाट यो व्यवसाय कत्तिको प्रभावित छ ?

हरेक क्षेत्रमा समस्याहरु आउँछन् नै । यो व्यवसायमा पनि समस्या आउनु स्वभाविकै हो । नेपालको आफ्नै नीतिमा परिवर्तन आइरहेका हुन्छन् । एनओसी, संस्था दर्ता नवीकरण, धरौटी लिने लगायतका विविध विषय छन् । यी हाम्रो देशका आन्तरिक चुनौति भए । सम्वन्धित देशले भिजा दिने कुरामा कत्तिको कठिनाई गरेका छन् त्यसले पनि प्रभाव पार्छ । प्रभाव भएका कुरामा पनि उपयुक्त तरिकाले व्याख्या गरेर हामी विद्यार्थीलाई बुझाउँछौं । विद्यार्थी एउटा देशमा जान नपाएमा पनि अर्को देश जान पाउने सम्भावना रहन्छ भनेर हामीले ५ वटा देशका लागि नै एकै स्थानमा कार्यक्रम गरेका हौं । विदेशको परिवर्तित नीति नियमका बारेमा पनि विद्यार्थीलाई हामीले अपडेट गराउँछौं ।

अष्ट्रेलियामा शाखाहरु पनि खोल्नुभएको छ । जसले गर्दा त्यहाँ जाने विद्यार्थीलाई के फाइदा हुन्छ ?

विशेष गरि अहिले नेपालका धेरै विद्यार्थी अष्ट्रेलिया जाने गरेको पाउछौं । सिड्नी, एडिलेड, पर्थ, तास्मानियामा रहेका हाम्रा सम्पर्क शाखा कार्यालयले विद्यार्थीलाई पर्ने समस्या समाधानका लागि पहल गरिरहेका छन् । क्वालिफाइड माइग्रेसन एजेन्टले समस्या समाधानका लागि सहयोग गर्नुहुन्छ । अन्य देशमा पनि हाम्रा प्रतिनिधिहरुले समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्नुहुन्छ ।

मुख्य कार्यालयसहित शाखाहरुमा पनि रोड सो गर्नुको उद्देश्य के हो ?

हामीले मुख्य कार्यालयसँगै शाखाहरुलाई पनि प्राथमिकतामा राख्दै आएका छौं । परामर्श लिनका लागि विद्यार्थीले आफ््नै शहर पनि सुविधा पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । हामीले शाखाहरुमा पनि विदेशस्थित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु लिएर जान्छौं । शाखा रहेका शहर आसपासका विद्यार्थीहरु त्यहाँ आएर आवश्यक परामर्श लिन सक्नुहुन्छ । जसले गर्दा त्यहाँका विद्यार्थी तथा अभिभावक प्रत्यक्ष लाभान्वित हुने हामीले विश्वास लिएका छौं ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

शैक्षिक परामर्श सेवासँगै कंगारुले भर्ना प्रक्रिया, छात्रवृत्ति, कलेज तथा युनिभर्सिटीको कोर्ष, देशको समग्र अवस्था तथा शिक्षा नीतिका बारेमा जानकारी गराउँदै आइरहेको छ । मार्गदर्शन र परामर्शसँगै दक्ष तथा अनुभवी शिक्षकद्वारा आयल्स, टोफेल, पिटिई, स्याट लगायतका कक्षा पनि संचालन भइरहेका छन् । कंगारुमा रहेका शिक्षक तथा परामर्शदाताहरु प्रोफेसनल सर्टिफिकेट होल्डर हुनुहुन्छ । विद्यार्थीको रुची, क्षमता, शैक्षिक स्तर, आर्थिक अवस्था हेरेर देश, कलेज तथा युनिर्भसिटी छनोट गर्न कंगारुले सहयोग गर्छ ।

कंगारुले विश्वसनियता र उत्तरदायित्वलाई विशेष प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको छ । परीक्षाको तयारी, कलेज भर्ना, डकुमेन्टेसन, भिसा, बस्ने व्यवस्था लगायतका विभिन्न समस्या समाधानका लागि हामी सधैं तयार छौं । यसै कारण जो विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहनुहुन्छ कंगारुमा एक पटक परामर्श सेवाका लागि आउन आग्रह गर्दछु । र, कंगारुले आयोजना गरेको रोड सोमा काठमाडौंसहित देशका अन्य शाखाहरुमा आफूलाई पायक पर्ने ठाउँमा गई परामर्श लिनका लागि आग्रह गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here