मेचीनगरका सुन्दरको हत्यामा संलग्न दुई जना पक्राउ

0
36

झापा ।

झापामा मेचीनगर नगरपालिका–८ का ४३ वर्षीय सुन्दर किसानको घाटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

सुन्दरको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको हत्या आफन्तजनबाटै भएको र घटनाको विस्तृत जानकारी आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउने प्रहरीले जनाएको छ ।

गाई गोरु किनबेच पेसा गर्दै आइरहेको सुन्दरको हँसियाले घाटी रेटेर हत्या गरिएको छ । हत्यामा प्रयोग भएको हँसिया प्रहरीले फेला पारिसकेको छ । उनको शव बिहीबार मेचीनगर ८ स्थित इँटाभट्टा उत्तर खोल्सा नजिककै झारीमा फेला परेको हो ।

मृतक सुन्दर बुधवार साँझ ६ बजे घरबाट निस्किएका थिए । रातभरि घर नफर्किएका श्रीमानको चप्पल घरदेखि डेढ किलोमिटर पर सडकमा उनका श्रीमतीले बिहीबार बिहान ७ बजे देखेकी थिइन् ।

चप्पल नजिकै रगत थोपाहरू देखा परेपछि उनले तत्काल प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटीको संयुक्त टोलीले घटनाको अनुसन्धान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here