दुर्गापुर साझाको सभा

0
9

लक्ष्मीपुर ।

कनकाई नगरपालिका–७, दुर्गापुरस्थित साझा बहुउद्देश्यीय सहकारी संस्थाको ३१औं साधारणसभा सम्पन्न भएको छ ।

कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल उप्रेतीको अध्यक्षता रहेको थियो । सो अवसरमा अध्यक्ष उप्रतीले आ.व. २०७९/८० को कारोबार विवरण तथा व्यवस्थापक विष्णुप्रसाद चुडालले आ.व. २०७९/८० को अनुमानित आय, वास्तविक आय तथा २०८०/८१ को अनुमानित आय बजेट प्रस्तुत गरेका थिए ।

चालू आ.व.मा संस्थाको निक्षेप मौज्दातमा ९.१६ प्रतिशतले कमी आइ जम्मा तीन करोड ९० लाख २८ हजार आठ सय १८ रुपैयाँ २० पैसा मात्र निक्षेप मौज्दात रहेको छ । त्यस्तै कर्जा लगानीमा समेत १६.१ प्रतिशतले कमी आएको छ । संस्थाको कार्य क्षेत्र कनकाई नगरपालिका र बाह्रदशी गाउँपालिका मात्र रहेकोमा आगामी बर्षदेखि झापा जिल्लाभर कायम गर्ने भएको छ ।

संस्थाले यस वर्ष पूर्व सञ्चालक समिति सदस्य गंगाप्रसाद खरेल र तारा थपलिया तथा लेखा समिति सदस्य भक्तिप्रसाद संग्रौला र भिष्मभूषण सिटौला लाई सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट उपभोक्ता दीपा सुब्वा, गोपाल उप्रेती र बलमाया तिम्सीना, उत्कृष्ट बचतकर्तामा युक्तप्रसाद घिमिरे, सृजना कडरियालाई उत्कृष्ट उत्कृष्ट ऋणी र ऋतीका घिमिरेलाई उत्कृष्ट विद्यार्थीका रुपमा सम्मान गरेको छ ।

कार्यक्रममा कनकाई–८ का वडाध्यक्ष लिलाबहादुर कटुवाल, ७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, भवानी खानेपानीका अध्यक्ष चिरञ्जीवी उप्रेती, लिलाबहादुर कन्दङ्वा, मित्रराज भट्टराइ, राजेन्द्र कार्की, रमेश थापा, भरत थपलिया, चन्द्रप्रसाद चुडाल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रम व्यवस्थापक विष्णुप्रसाद चुडालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here