ओमसाईका डा. गौतमलाई मिश्र दम्पतीले प्रदान गरे मायाको चिनो

0
8

भद्रपुर ।

भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. एलिजा गौतमलाई सेवाग्राहीले धन्यवाद स्वरूप मायाको चिनो प्रदान गरेका छन् । विगत एक वर्षदेखि ओमसाई पाथीभरा हस्पिटलमा कार्यरत डा. गौतमलाई सेवाग्राही मेचीनगर नगरपालिका–१२ स्थित सहेरीडाँगी निवासी नेत्र मिश्र र सञ्चिता ढुङ्गाना (मिश्र)ले मायाको चिनो प्रदान गरेका हुन् ।

सेवाग्राही मिश्र आइतबार दिउँसो अस्पताल पुगेरै डा. गौतमलाई खादा लगाएर धन्यवाद स्वरूप मायाको चिनो प्रदान थिए । सो संक्षिप्त कार्यक्रममा अस्पतालका सञ्चालक बालकुमार पोखरेल (साईँराम), योगेन्द्र ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।

छोटो समयमै बिरामीहरूको मन जित्न सफल डा. गौतमले चेकजाँचमा जाने महिलाहरूको मनोभावना बुझेर गरिने व्यवहार अत्यन्त राम्रो र फरक भएको बताउँदै सेवाग्राही मिश्रले भने, ‘बिरामी भएर डाक्टरमा जाँदा उनको व्यवहारले नै बिरामीको लागि पहिलो उपचार हो, त्यही व्यवहार डा. गौतममा हामीले पाएऔं ।’

उनले भने, ‘श्रीमती गर्भवती भएदेखि नै नियमित ओमसाई पुगेर डा. गौतमसँग स्वास्थ्य जाँच गराएऔं, उहाँले त्यस अवधिमा हामीप्रति गर्नुभएको व्यवहारको जति प्रशंसा गरेपनि कम हुन्छ ।’ गत पुस ५ गते डा. गौतमको टिमले श्रीमतीको सफल शल्यक्रिया गरी छोरीलाई जन्म दिएको उनले बताए ।

अहिले चिकित्सकहरूमाथि भइरहेको दुर्व्यवहार र कुटपिटका घटनाका बीच यस्तो कुशल र सक्षम डाक्टर हामी माझ रहेको भनी बिरामी र तिनका आफन्तजहरुले बुझ्न जरुरी छ । ‘डाक्टर त्यस्तो हुँदैन, त्यसैले स्वास्थ्य क्षेत्रमा भइरहेका यस्ता खालका घटनाहरू रोकिनु पर्छ,’ उनले थपे ।

अरू केही दिन नसकिए पनि डा. गौतमको हौसला बढाउनुका साथै उच्च मूल्याङ्कनको कदर गर्दै मायाको चिनो प्रदान गरिएको उनले बताए । उनले अस्पतालका सञ्चालक पोखरेलसहित अस्पताल परिवारलाई समेत धन्यवाद दिएका छन् । यता डा. गौतमले आफ्नो कामको कदर गरी मिश्र दम्पतीले प्रदान गरेको मायाको चिनोले अझ ऊर्जा थपेको जिकिर गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here