झापा गोल्डकपः पूर्वखेलाडीहरुको सम्मानमा ‘स्ट्याण्ड’

0
7

बिर्तामोड ।

झापाको बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको चौतर्फी प्रशंसा भइहरको छ ।

फागुन १९ गतेबाट शुरु भएको छैटौं संस्करणको गोल्डकपमा यसपटक धेरै कुरालाई ब्यवस्थित गरिएकाले यसको चर्चा चुलिएको हो । झापा गोल्डकपमा खेलाडीलााई उच्च सम्मान गरिएको पाइएको छ । झापा ११का पूर्व खेलााडीहरुको सम्मान स्वरुप उनीहरुको नाममा स्ट्याण्ड बनाएर राखिएको छ ।

झापा गोल्डकपले खेलाडीको योगदानलाई कहिल्यै नभुल्ने भन्दै झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत भन्छन्– यसपटक हामीले झापा गोल्डकपमा खेलाडीको सम्मान स्वरुप स्ट्याण्ड निर्माण गरेका छौं ।
रंगशालाका विभिन्न भागहरुलाई विभाजन गरेर उनीहरुको नाममा स्ट्याण्ड बनाइएको हो । झापा–११ तथा झापा गाोल्डकपमा महत्वपूर्ण योगदान पु¥याउने पूर्व खेलाडीहरुको सम्मानमा स्ट्याण्ड बनाइएको हो । केही खेलाडीहरुले अहिले पनि खेल खेलिरहेको जनाइएको छ ।

रंगशालामा १३ जना पूर्वखेलाडीको नाममा स्ट्याण्ड निर्माण गरिएको हो । रंगशालामा प्रवेश कटुवाल, कर्ण लिम्बू, विशाल राई, सञ्जोग राई, सुमिन मैनाली, देवेन्द्र तामाङ, याोगेश गुरुङ, दिलेन लोक्ताम, विक्की चौधरी, दिनेश थापामगर, कुमार गिरी, नरेन्द्रमणी लिम्बू र मिन बस्नेतको नाममा स्ट्याण्ड निर्माण गरिएको हो । झापा गोल्डकपको छैटौं संस्करणमा उनीहरुको सम्मानमा यसरी स्ट्याण्ड निर्माण गरिएको हो ।

यसरी निर्माण गरिएको स्ट्याण्डले खेलाडीहरुको सम्मान हुने अध्यक्ष बस्नेतले बताए । उनले भने– झापा गोल्डकपले फरक सन्देश विश्वभर दिन खोजेको छ । यसरी हामीले खेलाडीको सम्मान ग¥यौं भने नवप्रवेशी खेलाडीको पनि हौसला बढ्ने छ । झापा गाोल्डकपमा खेलाडीको सम्मान स्वरुप स्ट्याण्ड निर्माण गरेसँगै यसको चर्चा देशभर भएको छ ।

झापासहित विभिन्न जिल्लाबाट खेल हेर्न रंगशाला पुगेका दर्शकहरुले पूर्व खेलाडीको सम्मानमा स्ट्याण्ड निर्माण गरेको प्रति आयोजकको प्रशंसा गरेका छन् । यसरी स्ट्याण्ड निर्माण गरिँदा नवप्रवेशी खेलाडीलाई हौसाल मिल्ने दर्शकको भनाइ छ । खेल हेर्न रंगशाला पुगेका बिर्तामोडका रोशन ढुङ्गेल भन्छन्– यसरी दर्शक बस्ने प्यारापिटमाथि पूर्व खेलाडीको सम्मानमा स्ट्याण्ड बनाइनुले पूर्वखेलाडी र नवप्रवेशी खेलाडीलाई सम्मान हो । यसले झापा गोल्डकपको गौरव बढाएको छ भने आयोजकले सबै तिर प्रशंसा भएको छ ।

झापा गोल्डकप हेर्न दर्शकको संख्या बढ्दै गइरहेका बेला आयोजक परिवारले ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला दिदीबहिनीहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएका झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । शुक्रबारको पहिलो सेमीफाइलनको खेल हेर्न महिलाहरुको उत्साहजक सहभागिता रहेको थियो । उनीहरुले महिलाको सम्मान गर्दै निःशुल्क प्रवेशको ब्यवस्था मिलाई दिएको भन्दै झापा गोल्डकप आयोजक परिवारलाई धन्यवाद दिएका छन् ।

महिलाहरुलाई फुटवल खेलप्रति आकर्षित गराउन, नारी दिवसलाई उल्लासमय बनाउन र महिलाहरुप्रति सम्मान गर्दै महिलाहरुलाई निःशुल्क खेल हेर्ने अवसर प्रदान गरेको बताइएको छ । उक्त अवसरको धेरै महिला दिदीबहिनीले सदुपयोग गरेको अध्यक्ष बस्नेतले बताए । झापा गोल्डकप सञ्चालन अवधिभर कुनै पनि अप्रिय घटना नहोस् भनेर भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ भने सीसी क्यामेरामार्फत सबैको निगरानी गरिरहेको बताइएको छ ।

झापा गोल्डकप झापाको गौरव भएकाले यसलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि आफूहरु दर्शकको सल्लाह सुझावलाई आत्मसात गर्दै अघि बढिरहेको अध्यक्ष बस्नेतले बताए । सेमीफाइनलका खेलहरुसम्म आइपुग्दा दर्शकको उत्साहजनक सहभागिता रहेको र यो क्रम फाइनल खेलसम्म नै हुने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here