नियमित खोप सुदृढीकरणबारे स्वास्थ्यकर्मीहरुको अभिमुखीकरण

0
8

पथरी शनिश्चरे,

दादुरा- रुबेला खोप अभियान २०८० अभियान व्यवस्थापन तथा नियमित खोप सुदृढीकरणबारे स्वास्थ्यकर्मीहरुको अभिमुखीकरण सम्पन्न भएको छ ।

आज पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा नगरका सबै वडाहरूमा यही फागुन २९ गतेदेखि चैत ७ गतेसम्म संचालन हुने भएको हो। पथरी शनिश्चरे नगरपालिकाका सबै वडाहरूमा ९ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकाहरुका लागि दादुरा–रुवेला खोप अभियान संचालन हुँदैछ ।

नगर प्रमुख तुम्वापोले नगरमा दादुरा रुबेला खोप अभियान २०८० लाई सफल बनाउन नगरका स्वास्थ्यकर्मीहरुले आफ्नोतर्फबाट कुनै कसर बाँकी नराखी आफ्नो कार्यलाई निरन्तर रुपमा सञ्चालन गर्न निर्देशन समेत दिनुभयो ।

नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्षहरू चेतेन्द्र खड्का, कृष्णबहादुर बस्नेत, उद्धवराज बस्नेत, नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, स्वास्थ्य कर्मचारीद्वय जगतबहादुर मगर र एकराज खत्री र १० वटै वडाका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

अभिमुखीकरण कार्यक्रमको लागि प्रदेश स्वास्थ्य निर्देशनालय विराटनगरका भरत भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here