लागूऔषधसहित पाँच जना पक्राउ

0
6

बिराटनगर ।

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागूऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बराह्रक्षेत्र नगरपालिका–६ सुनसरीका ३० बर्षीय बिजय कुमार राउतलाई ब्राउनसुगर १६ ग्राम ८८ मिलिग्राम सहित पक्राउ गरेको हो ।

त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका– ५ बाट नियन्त्रित औषधी ट्रमानिल र स्पास्मो गरी जम्मा ७०८ ट्याबलेट सहित बराहक्षेत्र–४ का २१ बर्षीय गोविन्द खत्रीलाई प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यता इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका– ६ बाट लागूऔषध गाँजा चार केजी ६५० ग्राम सहित ७४ बर्षीय भरोसी यादव, ३९ बर्षीय गोपाल यादव र कचनकवल– ७ का २७ बर्षीय अरबिन भट्टराईलाई पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here