हिसान कोशीको बरिष्ठ उपाध्यक्षमा ढकाल

0
7

बिर्तामोड ।

झापा बिर्तामोड–५ मा रहेको एमिटी एजुकेशन फाउण्डेशनका प्रिन्सिपल राधेश्याम ढकाल (आरएस) उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कोशी प्रदेशको बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

विराटनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट ढकाल बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञानबहादुर खड्का दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै हिसानको अर्का वरिष्ठ उपाध्यक्षमा गणेश दुलाल, उपाध्यक्षमा निलम अधिकारी, सचिबमा दिपेश बास्तोला, सह–सचिबमा लक्ष्मण ढकाल, कोषाध्यक्षमा भुपेन्द्र न्यौपाने र सह–कोषाध्यक्षमा प्रकाश भण्डारी चयन भएका छन् ।

सदस्यमा चन्द्रप्रसाद खनाल, राजेन्द्र अधिकारी, राम कालाखेती, खेमराज बास्तोला र मनिष भट्टराई चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here