एक महिनामै एक लाख २८ हजार विदेशी पर्यटक भित्रिए, सबैभन्दा धेरै भारतीय

0
7

काठमाडौँ ।

यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८.९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटन बोर्डले गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार ७४१ ले वृद्धि भएको जानकारी दिएको छ ।

गत वर्षको मार्चमा कुल ९९ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएको थिए भने यस वर्षको सोही अवधिमा एक लाख २८ हजार १६७ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्र एकाएक तात्दै गएको छ । मार्चमा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् ।

भारतबाट मार्च महिनामा ३० हजार ६९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको सङ्ख्या भने १२ हजार ९३ छ ।

बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार ७७३ र बेलायतबाट ७ हजार २४१ जना, श्रीलङ्काबाट ५ हजार ७४१, जर्मनीबाट ५ हजार २५५, थाइल्याण्डबाट ४ हजार ३४५, फ्रान्सबाट ३ हजार २४० र म्यानमारबाट ३ हजार १३१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

त्यस्तै यसअघि जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४२६ विदेशी पर्यटक नेपाल आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here