उप्रेती परिवारलाई कुमारी वैंकको १० लाख

0
18

बिर्तामोड ।

कुमारी बैंक बिर्तामोड शाखाले सवारी दुर्घटनामा परेर निधन भएका कनकाई –८ लक्ष्मीपुरका उप्रेती परिवारलाई दश लाख रुपैयाँको दुर्घटना बीमा रकम प्रदान गरेको छ ।

गत पुस २१ गते झापाको बिर्तामोड –२ स्थित चारपाने चोकमा भएको सवारी दुर्घटनामा परी निधन भएका झापा कन्काई नगरपालिका –८ लक्ष्मीपुरका ४४ वर्षीय तोयानाथ उप्रेतीको परिवारलाई उक्त रकम प्रदान गरिएको हो ।

मृतक उप्रेतीकी श्रीमती रीता उप्रेतीले कुमारी बैंक बिर्तामोड शाखामा कुमारी परिवार सुरक्षा बचत खाता खोलेकी थिइन् । उनले कुमारी परिवार सुरक्षा बचत खाता खोलेको १३ दिनमा चारपाने चोकमा सवारी दुर्घटनामा परेर उनका श्रीमान् तोयानाथको निधन भएको थियो ।

कुमारी बैंकले सञ्चालन गरेको ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना अन्तरर्गत उप्रेती परिवारलाई उक्त रकम प्रदान गरेको कुमारी बैंक बिर्तामोड शाखाका कर्मचारी महेश घिमिरेले जानकारी दिए ।

कुमारी बैंक बिर्तामोड शाखामा आयोजित कार्यक्रममा कुमारी बैंकका कोशी प्रदेश कार्य सञ्चालन बिभाग प्रमुख दिवाकर कट्टेल, कुमारी बैंकका कोशी प्रदेशका कर्मचारी देवराज नेपाल, बिर्तामोड शाखाका कर्मचारी महेश घिमिरे, श्रद्धा श्रेष्ठ, भावना पाठक लगायतले उप्रेतीकी श्रीमती रीता र छोरी रितिका उप्रेतीलाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गरेको कर्मचारी रेजन रेग्मीले जानकारी दिए ।

उक्त रकम पाएपछि रीताले खुशी व्यक्त गर्दै आफूलाई दुःख पर्दा कुमारी वैंक बिर्तामोड शाखाले लगाएको गुन कहिल्यै नविर्सने बताइन् । उनले आफ्ना छोरीहरुको शिक्षामा उक्त रकम खर्च गर्ने बताइन् ।

कुमारी बैंकले सञ्चालन गरेको ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजनामा परिवारका एक सदस्यको बचतले चार जनाको वीमा हुने र परिवारमा बुबा वा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य आमा वा बुबा आफैं तथा दुई सन्तानको स्वतः बीमा हुने कोशी प्रदेश कार्य सञ्चालन बिभाग प्रमुख दिवाकर कट्टेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here