झापाली पत्रकार सम्मानित

0
3

नेपाल पत्रकार महासंघ झापा शाखा देशकै उत्कृष्ट शाखा घोषित हुनु झापामै रहेर पत्रकारिता गर्नेहरुका लागि अत्यन्त सुखद् तथा हर्षको खबर हो । १४औं अधिवेशन सम्पन्न गरिसकेको झापा शाखा त्यसो त विगतमा पनि सर्वाधिक चर्चा र महŒवको जिल्लाका रुपमा रहेकै हो । तर, यसपटक नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनमा झापाको वर्तमान समिति र झापाली पत्रकारहरुको नेतृत्व गर्दै रहेका एकराज गिरीको प्रभावकारी र जीवन्त कार्यहरुले झापा देशकै उत्कृष्ट शाखाका रुपमा मूल्याङ्कन गरिनु सम्पूर्ण झापाली पत्रकारहरुका लागि गौरवको समेत विषय भएको छ । गिरी नेतृत्वको झापा शाखाले पत्रकारहरुको सामाजिक सुरक्षा, पेशागत सिप तथा क्षमता अभिवृद्धि, पुरस्कार तथा सम्मान लगायतका क्षेत्रमा उदाहरणीय कार्य गरेको छ ।

गिरीको परिणाममुखी, प्रभावकारी तथा पेशागत हकहितसँगै प्रेस स्वतन्त्रता तथा नागरिकको सुसूचित हुन पाउने हक र वाक तथा अभिव्यक्ति स्वतन्त्रताका प्रवद्र्धनमा भएका गतिविधि नेतृत्वमा आउने र आउन चाहने जो कोहीका अनुकरणीय तथा उत्प्रेरणाका उदाहरण बन्न सक्छन् । त्यसै पनि उनको नेतृत्व गर्ने क्षमता, समाजका अन्य संघ–संस्थाहरुमा समेत प्रशंसाका विषय बनेकै हो । पदकै लागि मरिहत्ते गर्ने र पदासीन भएपछि सिन्को नभाँच्ने आम प्रवृत्ति र चरित्रका बीच उनको एकदिन पनि हात बाँधेर नबस्ने र समाजलाई नवीनता दिने हुट्हुटी र कर्मठतापूर्वक लागीरहने चरित्रले झापाकै गौरव बढाएको छ । महासंघ झापा शाखाको पछिल्लो कार्यकाल भवन स्तरोन्नति, नियमित आयस्रोतको व्यवस्थापन, उपचार कोषको पूर्णता, विविध विधाका पुरस्कारको स्थापना, अग्रजहरुको सम्मान, पुरस्कारको राशि वृद्धि, ई–लाइबे्ररी, भौतिक तथा आन्तरिक व्यवस्थापन, अभिलेखीकरण, भित्तेपात्रो, वेवसाइटका प्रकाशन लगायतका कारण सधैँ चर्चामा रह्यो ।

इतिहास योगदानको अभिलेख हो । पत्रकार महासंघ झापाले विगतमा इतिहास निर्माण गरेकै हो । स्थापनादेखि आजपर्यन्त आइपुग्दा विधानतः धेरै नेतृत्वहरु आए र गए । प्रेस स्वतन्त्रता तथा नागरिक हकको स्थापना, संरक्षण र प्रवद्र्धनमा विभिन्न कालखण्डमा झापाले उल्लेख्य भूमिका निर्वाह गरेकै थियो । त्यही क्रममा एकराज गिरीको नेतृत्वको यो कार्यकाल पत्रकारहरुको क्षमता विकास, व्यवसायिकता र सामाजिक सुरक्षाका दृष्टिले समेत अत्यन्त उपलब्धीमूलक सावित भएको छ । राम्रो कामको सम्मान गर्नु महानता हो, जसले समाजलाई असल काममा लाग्न उत्प्रेरित गर्छ । उनले निर्माण गरेको झापा शाखाको गौरव जोगाएर देशकै नमूना शाखा बनाउन अब आउने नेतृत्वले आजको विन्दुबाट त्यस्तै यात्राको आरम्भ गरुन् । अहिलेलाई झापाली पत्रकारलाई बधाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here