‘जेसीज नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था हो ।’

0
8

झापाको बिर्तामोडमा लामो समयदेखि सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहेका घनश्याम चौधरीले धेरै संघ–संस्थाको सफल नेतृत्व गरिसकेका छन् । उनी अहिले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षको जिम्मेवारीमा काम गरिरहेका छन् । उनले वीरता जेसीजको पनि नेतृत्व गरिसकेका छन् । उनीलाई हामीले तपाईको वीरता जेसीजको कार्यकाल कस्तो भयो भनेर सोधेका छौं ।

जेसीज कस्तो संस्था हो र यसले के–के कार्यक्रमहरु गर्छ ?

– जेसीज १८ वर्षदेखि ४० वर्षसम्मको उमेर समूहको एउटा अन्तराष्ट्रिय संस्था हो । यस संस्थाले नेतृत्व र ब्यक्ति विकासमा मद्धत गर्दछ । विशेष गरी यसले नेतृत्व कसरी गर्ने भन्ने विषयमा सिकाउँछ ।

वीरता जेसीजको सन् २०२३ मा नेतृत्व सम्हाले पछि कस्ता कार्यक्रमहरु गर्नुभयो ?

जेसीजहरुको चार वटा विधा अन्तराष्ट्रिय, व्यपार, व्यक्तिगत र सामाजिक विधामा रहेर काम गरेको छु । वर्षभरीमा हामीले ९३ वटा कार्यक्रम गरेका छौं । हामीले गरेको कार्यक्रमहरु किताब मार्फत सार्वजानिक गरेका छौं ।

कोशी प्रदेशमै सबैभन्दा धेरै चर्चामा आउने वीरता जेसीजले तपााईको पालामा कुन–कुन अवार्ड जित्न सफल हुनुभयो ?

– मैले नेतृत्व सम्हाले पछि एरिया ए का ४३ वटा शाखा मध्ये सबैभन्दा उत्कृष्ट शाखाको अध्यक्षको अवार्ड जिते , त्यस लगत्तै जेसीज अफ द मन्थ भन्ने हरेक एरियामा पनि अवार्ड जित्न सफल भएँ । त्यसै गरी नेपाल जेसीजको अधिवेशनमा पनि उत्कृष्ट शाखा अध्यक्षको अवार्ड जित्न सफल भएँ । त्यस्तै वर्षभरीमा सबैभन्दा उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत भएका थियौं भने मेरो कार्यकालमा चार वटाभन्दा धेरै अवार्ड जित्न सफल भयौं । त्यस्तै वाह्रदशी जेसीजले आयोजना गरेको भलिबल प्रतियोगितामा वीरता जेसीजले उपाधि जित्न सफल भयो ।

जेसीजको नेतृत्व गर्दाका अवसर र चुनौतिहरु के–के हुन् ?

– स्वभाविक रुपमा नेतृत्वमा आएपछि अवसर र चुनौति दुवै हुन्छ । तर मैले वर्ष २०२३ को नेतृत्व सम्हाल्दै गर्दा मलाई चुनौति नै रहेको थियो । किन भने प्रतिस्पर्धाबाट म अध्यक्ष भएको थिएँ । त्यत्ति सहज थिए । तर गर्न सकिन्छ भन्ने इच्छा शक्ति भएका हरेक काममा सफल बन्न सकिन्छ भन्ने उद्धेश्यले मैले काम गरेको थिएँ । पदको लागि प्रतिस्पर्धा गर्ने तर पद पाएपछि काम नगर्ने भन्ने आलोचना हुन सक्छ भनेर मैले शुरुबाट द्रुत गतिका काम गरे । सफल पनि बन्न सकियो । मेरो पालामा उत्कृष्ट काम गरेको थिएँ ।

पछिल्लो समय जेसीजमा राजनीति छि¥र्यो भन्छन् नी ?

–जेसीजले नै नेतृत्व कसरी गर्ने भन्ने सिकाउँछ । नेता कसरी बन्ने, लिडर कसरी बन्ने सकिाउछ र त्यो सिकाउने संस्थामा राजनीति पस्नु स्वभाविक हो । यसलाई ठूलो रुपमा लिनुहुन्न । लिडरसिप भन्ने कुरा कोही बेला प्रतिस्पर्धामा, केहीले सहमतिमा, कहिले एउटालाई उछिनेर अघि बढ्नुपर्ने हुन्छ अधिवेशनमा जस्ता विषय आउँछन् । यसलाई धेरै बडवा दिनुहुन्न ।

तपाई राष्ट्रिय उपाध्यक्ष हुनुभएको छ । शाखा अध्यक्ष र राष्ट्रिय उपाध्यक्षमा के फरक छ ?

– शाखा अध्यक्ष भनेको नेपाल जेसीज अन्तरगत रहने १७८ वटा शाखाहरु रहेका छन् । त्यो भन्दा माथि नेपाल जेसीज छ । नेपालको मार्ग निर्देशन अनुसार चल्नुपर्छ । शाखा अध्यक्ष हुदाँ मैले मेरो भूकिा निर्वाह गरे । अहिले म राष्ट्रिय उपाध्यक्ष छु मेरो भूमिका फरक छ । नेपाल जेसीजले दिएको निर्देशन अनुसार मैले काम गर्नुपर्छ । शाखाका रहेक काममा मेरो सक्रिय सहभागिता रहने छ । नेपाल जेसीजको निर्देशन अनुसारमा शाखाहरुका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउने छु । शाखा अध्यक्ष हुँदा आफ्ना शाखालाई मात्र ध्यान दिने गरिन्थ्यो भने अहिले धेरै शाखाहरुको गतिविधिलाई हेर्नुपर्ने हुन्छ ।

तपाईले शाखाको नेतृत्व हस्तान्तरणमा बिलम्ब गर्नुको कारण के हो ?

– मैले आफैं पनि नेतृत्व ढिलै पाएको हुँ । मैले पनि फेब्रअरीमा मै नेतृत्व पाएको थिएँ । तर यसको अर्थ फेब्रुअरीमै नेतृत्व पाउनुपर्छ भन्ने होइन मेरो पालामा निर्वाचनका कारण ढिला भएको हो । नेपाल जेसीजको विधान त डिसेम्बरसम्ममा काम सकेर जनवरीमा नेतृत्व हस्तान्तरण गरेर नयाँ साथीहरुलाई काम गर्ने अवसर प्रदान गर्नुपर्ने नै हो । यस पटक सहमति सहकार्य र एकता हुने अवस्था नभएर निर्वाचनबाट अघि बढ्ने कुराहरु थियो । ति कुराहरुले गर्दा अलिकति समस्या भयो । हलो अड्काएर गोरु चुट्ने काम भयो । त्यसैले गर्दा केही बिलम्ब भयो । केही कुरामा असहमति भए पनि यस पटक हामीले युवराज जीलाई अर्को पटकको नेतृत्व सुम्पने सहमति पछि यस पटक विकास जीलाई जिम्मेवारी दिइएका हौं ।

अन्त्यमा के भन्नु हुन्छ ?

– अन्त्यमा जेसीजमा आवद्ध सबै साथीहरु, पूर्वअध्यक्ष ज्यूहरु, संस्थापक अध्यक्ष ज्यू । मैले पनि अध्यक्षको नेतृत्व सम्हाल्दै गर्दा तपाई सम्पूर्ण साथीहरुको साथ र सहयोगकै काम म सफल बन्न सके । मेरो नेतृत्वको कार्यकालका सम्पूर्ण साथीहरुको साथ र सहयोगकै कारण म सफल बने । यसमा तपाई सम्पूर्णको भूमिका महत्वपूर्ण छ । अहिले म राष्ट्रिय उपाध्यक्षको जिम्मेवारीमा रहेको छु । तपाई सबैसंग साथ, सहयोग र उचित सुझावको अपेक्षा राखेको छु । धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here