सबै आमाहरुको जय होस्

0
5

वैदिक सनातन संस्कृतिमा चार जनालाई जीवित देवता मानिएको छ । ती मध्ये आमा अर्थात् मातालाई पहिलो देवता मानिन्छ । त्यसपछि बुवा अर्थात पिता, आचार्य अर्थात् गुरु र अतिथि अर्थात् पाहुनालाई जीवित देवताको श्रेणीमा राखिएको छ । यसो हुनुका पछि हामी प्रत्येकले उनीहरुबाट पाएको जीवन, संरक्षण, मार्ग–दर्शन (शिक्षा) आदि प्रमुख कारण रहेका छन् । त्यहीकारण पूर्वीय संस्कृतिमा यी अलग देवताहरुप्रति सम्मान प्रकट गर्र्न अलग–अलग दिन निर्धारण गरिएको छ । त्यही विशेष दिन मध्येको आज बैशाख कृष्णपक्षको औंशी तिथिका दिन देशभर मातातीर्थ औंशी मनाइन्छ । यो दिन अतिशय पीडा खपेर, आफ्नो खुशीलाई समर्पण गरेर, सेवाको प्रतिमूर्ति बनेर आफ्ना सन्तानका लागि बाँच्ने माताप्रति श्रद्धाभक्ति प्रकट गर्दै मेवामिष्ठान्न खुवाएर, सकेको नयाँ वस्त्र पहि¥याएर कृतज्ञता जाहेर गरिन्छ ।

हुन त वैदिक संस्कृतिमा सम्पूर्ण नारी जातिलाई भगवानकै रुपमा लिइएको छ । त्यहीकारण भनिएको छ– ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ । यसको आशय हो कि जहाँ नारी जातिको पूजा हुन्छ, त्यहीं देवताको पनि बास हुन्छ । यसले आमाको महिमाको गायन गरेको छ, दिवंगत हुनुभएका आमाहरुको स्मरण, श्रद्धा र कृतज्ञता व्यक्त गर्न सचेत पनि गराएको छ । भनिन्छ– मातातीर्थ औंशीले देवलोक, पितृलोक र पृथ्वीलाई जोड्छ । घर आमाको अनुपस्थितिमा पूर्ण नै हुँदैन । आमा बिनाको घर घर नै हुँदैन र त्यो सौन्दर्यविहीन पनि हुन्छ । संसारका मानिसहरुलाई संसार देखाउने भनेकै आमाले हो । त्यसैले आमाको गुणगान जत्ति गाएर पनि पूरा हुँदैन ।

संसारकै पहिलो गुरु भनिएको छ– आमालाई । सन्तान कु–सन्तान हुन सक्छन्, तर आमा कहिल्यै कुआमा हुन्नन् भनिएको छ । त्यसकारण पनि असल सन्तानले आमाप्रति श्रद्धा गर्छ । उसले आमाको भावना अनुसार काम गर्छ, आमाको सेवा गर्छ । उसलाई आमाले अह्रराउनु पनि पर्दैन । त्यही घरमात्र स्वर्ग हुन्छ, पृथ्वीलोकको बैकुण्ठ । त्रेतायुगका मर्यादा पुरुष राम वनबासमा रहेको बेला पानीको प्यास मेट्टाउन बाँण हानेर पानी निकालेको ठाउँमा उत्पत्ति भएको पानीको कुण्ड नै मातातीर्थ हो भनेको छ– पूर्वीय मान्यतामा । त्यसैले आजको दिन माता गुमाएकाहरु काठमाडौं नजिक रहेको मातातीर्थ गएर आमाप्रति श्रद्धा प्रकट गर्छन् । त्यहाँ गएर कुण्डमा हेर्दा माताको साक्षात दर्शन पाइन्छ भन्ने जनविश्वास छ । आमाको त्यही महŒव र गौरवको रक्षा गर्दै भावी सन्ततीलाई आमाप्रति श्रद्धा प्रकट गर्न, सनातनी संस्कृतिको प्रवद्र्धन गर्न तत्कालीन प्रम मरिचमान सिंह श्रेष्ठले आजको दिनलाई राष्ट्रिय पर्व घोषणा गरेका थिए । आज त्यो परम्परा तोडिएको छ, तर आमाको स्थान त्यहीँ छ, जसलाई बचाउन र आमाप्रति साँचो भक्ति गर्न आजको दिनले सबैलाई प्रेरणा दिनुपर्छ । सबैलाई मातातीर्थ आंैशीको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here