लागूऔषध विरुद्ध बाहुण्डाँगी जेसीजद्वारा विद्यार्थी केन्द्रित सचेतना

0
3

मेचीनगर ।

बाहुण्डाँगी जेसीजको आयोजनामा लागूऔषध दुव्र्यशनी विरुद्धको सप्ताह अन्तर्गत दोस्रो दिन बिहिबार पवित्रा मावि मेचीनगर १ तिरिङ सम्पन्न भएको छ ।

“बाहुण्डाँगी जेसीजको अभियान :लागूऔषध रहित समाजको पहिचान” भन्ने नाराका साथ विद्यालय विशेष कार्यक्रम बुधवारबाट सुरु भएको थियो ।
लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा शाखाका प्रमुख, प्रहरी नायव निरिश्रक कुमार सोमेश लामिछानेले लागूऔषध दुव्र्यशनी विरुद्धको अभियानको सहजीकरण गर्नु भएको थियो ।

उहाँले पछिल्लो समय लागूऔषध प्रयोगकर्ता बढदै गएको र खुल्ला सिमानाका कारण ओसारपोसारमा पनि बृद्धि भएकाले यसलाई न्यूनिकरण गर्न विद्यार्थीहरुले भूमिका निर्वाह गर्नु पर्ने बताउनस भएको थियो । कार्यक्रममा ६० जना विद्यार्थीहरु सहभागि रहेका थिए । बाहुण्डाँगी जेसीजका उपाध्यक्ष सदेश पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक धुब्रकुमार थापा, सहायक प्रधनाध्यापक टेकचन्द्र फुयाल, शिक्षक विष्णु अधिकारी, गोपाल खतिवडा, बाहुण्डाँगी जेसीजका कार्यक्रम संयोजक सामुल रायालगायतको सहभागिता रहेको थियो ।

यो अभियान साबिक बाहुण्डाँगी हालको मेचीनगर १, २ ३ र ४ वडाका १५ वटा निजि तथा सामुदायिक विद्यालयमा सञ्चालन हुनेछ । पछिल्लो समय विद्यालय तहबाट लागु औषध दुव्र्यशनी प्रयोगकर्ता बढ्दै गएको र यसलाई न्यनिकरण गर्न हरेक विद्यालयमा अभियान सञ्चान गरिएको कार्यक्रम संयोजक सामुल रायाले बताउनु भयो । जसमा सरस्वती मावि, पशुपति मावि, पबित्र मावि, जनता मावि, भानु मावि, मेचीजनसाधारण मावि र बलभद्र आविमा सञ्चालन हुने र करिब सात सय विद्यार्थीहरु माझ पुग्ने संयोजक रायाले बताउनुभयो ।

अभियानमा लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र बाहुण्डाँगी प्रहरी चौकीले सहजीकरण गर्नेछन् । अभियान अन्तर्गत शुक्रवार पशुपति मावि मेचीनगर ४ मा सञ्चालन हुने कार्यकारीणी उपाध्यक्ष सुष्मा मिश्रले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here