अन्तिम टुङ्गो

0
1

कथेर
विजयका गाथाहरू
महाभारतले पनि
अन्ततः
पराजयकै गीत गाएको छ
कृष्ण
विजेता हुन् कि पराजित ?
अन्तिम टुङ्गो नगरौं अहिल्यै
केवल प्रश्नमात्र पर्याप्त छ
धेरै प्रश्नहरूका उत्तर
अनिवार्य पनि छैनन्…
यत्ति चाहीँ हो रहेछ–
सत्य भनेंको आफँैमा
सबैभन्दा ठूलो एउटा असत्य पनि रहेछ !

भद्रपुर, झापा

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here