बिर्तामोड उद्योग वाणिज्य संघमा पाँच सल्लाहकार र एक जना सदस्य मनोनित

0
170

झापा, बिर्तामोड उद्योग वाणिज्य संघको सल्लाहकार समितिमा पाँच जनालाई मनोनयन गरिएको छ ।
संघका पूर्ब अध्यक्ष राजेन्द्रकुमार थापासहित व्यवसायीहरु मोहनकुमार मित्तल, विनोद वस्नेत,मोहन पाहिम र कमला विश्वकर्मालाई मनोनयन गरिएको हो ।
त्यस्तै युवराज कार्की ‘पर्वत’लाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।
बिर्तामोड उद्योग वाणिज्य संघको विधान २०७३ को परिच्छेद ९ को दफा २९.१ को उपदफा ‘क’ मा व्यवस्था भए अनुरुप सल्लाहकार समिति ममोनयन गरिएको हो भने सोही विधानको परिच्छेद ५ को दफा १३ को उपदफा ‘घ’मा व्यवस्था भए अनुरुप कार्यसमिति सदस्यमा कार्कीलाई मनोनयन गरिएको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमका बीच एक महिला सहित पाँच जना सल्लाहकार समिति र एक जना कार्यसमिति सदस्यलाई स्वागत सहित आज नै बधाई ज्ञापन गरिएको छ ।
संघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।

  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here