हवाई फायर गरी गाँजा नियन्त्रण

0
2

सुनसरी।

सुनसरीको धरान उप–महानगरपालिका–१५ सेउतीपुलमा हवाई फायर गरी प्रहरीले गाँजा नियन्त्रणमा लिएको छ ।

अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट चेंकजाँचमा खटिएको प्रहरी टोलीलाई परबाट देख्नासाथ डब्लुबी ७४ एस २५३१ नम्बरको भारतीय कारलाई सोही स्थानमा छोडेर चालक जंगलतर्फ भागेकोमा प्रहरीले लखेट्दै जाँदा समेत चालक नरोकिएपछि प्रहरीको टोलीले चाईनिज पेस्तोलबाट १ राउन्ड हवाई फायर गरेको थियो ।

हवाई फायर गर्दा समेत चालक फरार रहेका थिए भने कार चेक जाँच गर्दा कारभित्र ५ वटा बोरामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थाको एक सय किलो गाँजा बरामद गरेको हो ।

फरार भएका कार चालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कोशी प्रदेशमा प्रहरीले हरेक दिन ठूलो संख्यामा गाँजासहित अन्य लागूऔषध कारोबार गर्नेहरुलाई पक्राउ गर्दै आएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here