मोटरसाइकल दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु

0
2

झापा ।

मोटरसाइकल दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ ।

गएराति साढे ८ बजेको समयमा पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका- १३ कालिझोडामा बिर्तामोडबाट चारआलितर्फ जाँदै गरेको मे ६ प ८३२० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

मोटरसाइकलको ठक्करबाट पैदल यात्री सनाखत नभएको अन्दाजी ३५ वर्षीय पुरुषलाई घाइते अवस्थामा उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो ।

उनको उपचारको क्रममा गएराति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै दुर्घटनामा परी मोटरसाइकलमा सवार मेचीनगर- ९ का २९ वर्षीय मन्दिप मेचे र सोही ठाउँका २५ वर्षीय सागर मेचे समेत घाइते भएको थियो ।

उनीहरूलाई पनि उपचारका लागि सोही अस्पतालमा लगिएकोमा सागरको बुधवार दिउँसो २ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here