पोर्टेबल वाईफाई राउटरले ल्याउँछ सजिलोपन

0
14

हामी घरमा, आफ्नै अफिसमा या त आफ्नै व्यावसायिक स्थानमा भयौँ भने त ठीकै छ । एक पटक वाईफाईको पासवर्ड हालेर महिनौ या वर्षौं सजिलो गरी काम गर्न सकिने छ । तर, यदि कतै जाँदा भने अरुको वाईफाईको पासवर्ड माग्ने झन्झटमा पर्ने गरिएको छ । कफीसप या रेष्टुरेन्टमा जाँदा त्यहाँको वाईफाई पासवर्ड माग्नु पर्छ । अरुको अफिसमा या घरमा जाँदा पनि पासवर्ड माग्नु पर्छ । कतै होटलमा बासबस्दा पनि त्यहाँको वाईफाईको पासवर्ड माग्नु पर्छ ।

यसरी आफ्नो वाईफाईको पहुँचभन्दा बाहिर पर्ने बित्तिकै अर्काको वाईफाईको पासवर्ड माग्ने अप्ठेरोमा पर्ने गरिन्छ । सजिलै गरी पासवर्ड नपाउन सकिन्छ । फास्ट पनि नहुन सक्छ । सबैभन्दा खतरा त अर्काको वाईफाईबाट काम गर्दा आफ्नो डाटा या प्रोफाइलको सुरक्षाको सवाल पनि छ । तर, यस्तो झन्झट र असुरक्षाबाट बच्न अब पोर्टेबल वाईफाई राउटर आइसकेको छ । आफ्नै पोर्टेबल तथा मुभेबल वाईफाई राउटर भएपछि निकै नै सजिलो हुनेछ ।

पकेट साइजको वायरलेस मोडेम या राउटर जसबाट फोरजीसम्मको इन्टरनेट वेभ प्रयोग गरेर आफ्नो वरिपरि वाईफाई नेटवर्क सिर्जना गरी हामी निकै सजिलो गरी काम गर्न सक्छौँ । अनि कहीँ पनि, कुनै पनि समयमा आफ्नै इन्टरनेट हुन सक्छ । क्याफेमा वा अरुको घरमा वा यात्राको क्रममा वाईफाई नेटवर्क खोजी गर्दा हुने कठिनाइहरू चाँडै अतीतको कुरा हुनेछ । बिजुली आओस् या जाओस् नो मतलब । यो भन्दा राम्रो के हुन सक्छ ?

पोर्टेबल वाईफाई राउटर या मोडेम हामीले सोचेको भन्दा पनि सानो हुनसक्छ । हत्केलामा फिट हुनसक्छ या पछि पछि त कलम जस्तो सर्टको पकेटमा सिउरिन सकिने पनि हुन सक्छ । यसबाट इन्टरनेट पनि स्थिर र छिटो हुन्छ । चट्टसँग मोबाइल या ल्यापटप खोल्यो पोर्टेबल वाईफाई डिभाईस अन गर्यो काम ग¥यो । अनि भएन त सजिलो ? यो चलाएपछि यात्राको क्रममा अन्तर्राष्ट्रिय रोमिङ शुल्क पनि नलाग्न सक्छ । अरुको पासवर्ड मागिरहन या सोधिरहन पनि परेन । आफ्नो डाटाको एकदम सुरक्षा हुन्छ । चिन्ताबाट मुक्त हुन सकिन्छ । यो डिभाईस आफूसँग भएपछि हरदम अनलाइन हुन सकिन्छ । तर यसमा एउटा सेलफोन नम्बरको सिमकार्ड भने हुन जरुरी छ ।

तार जडित डिभाईसबाट एकै पटक धेरैजना कनेक्टेड हुनसके झैँ पोर्टेबल वायरलेस वाईफाई डिभाइसबाट पनि एकै पटक धेरैजना कनेक्टेड हुन सकिन्छ । अहिलेसम्म आएका पोर्टेबल वाईफाई एक राउटरबाट दशवटा उपकरणमा वाईफाई कनेक्सन दिन सकिन्छ । यसको अर्को निकै फाइदा के हो भने रिसर्चमा जानेका लागि एकदमै सजिलो भइदिन्छ । सुगम, दुर्गम, जंगल, चुरे, पहाड, कन्दरा, हिमाल जहाँसुकै पनि यसले निरन्तर काम गर्न सक्छ । किनकि यो स्याटेलाइटबाट पनि कनेक्टेड हुन सक्छ ।

पर्यटक, घुमक्कड, खोज अनुसन्धानमा हिँड्नेहरुलाई धेरै नै सजिलो पारिदिन्छ । ठूला खेल प्रतियोगिता जस्तै क्रिकेट या फुटबल गेम भएका बेला सजिलै र निरन्तर कनेक्टेड हुन सकिन्छ । टिकटकमा अनलाईन बस्न त झनै यसले क्रान्ति नै ल्याइदिन सक्छ । कतै दुर्गममा गएर दिनभरी टिकटकमा अनलाईन बसेर आनन्द उठाउन, दृष्यहरु देखाउन र यसैका माध्यमबाट पैसा पनि आर्जन सकिन्छ । प्रेमी–प्रेमीका लागि एकान्तता दिन सक्छ । निजी जीवन के हो यस डिभाईले परिभाषित गर्न सक्छ अर्थात् निकै सजिलो पारिदिन सक्छ ।

एक जमानामा हातमा मोबाईल सेट या ट्याब हुनु इज्जतको कुरो थियो । अब मोबाईल र ट्याब सामान्य भइसके । अब कसैको हातमा पोर्टेबल वाईफाई डिभाईस हुनु इज्जतको कुरो हुनेछ । यो फेशनेबल र स्टाइसिल त हुने नै छ । हातमा यो देखिएन भने ऊ परम्परागत या रुढीबादी मान्छे ठहरिन सक्छ । कतैँ जाँदा अब उसले या पाहुनाले वाईफाईको पासवर्ड सोधेर दिक्क लगाउने छ भन्ने कन्सेप्टबाट पनि मुक्ति मिल्नेछ । अरुका लागि अनौठो या अप्ठेरो र दिक्क लाग्दो क्रियचर हुनबाट बच्न सकिन्छ ।

यसका माध्यमबाट गेमिङ्ग कन्सोल पनि सजिलै चलाउन सकिन्छ । यो १५० एमबीपीएस डाउनलोड स्पीडसम्म पुग्छ जसले बिना कुनै अवरोध एचडी चलचित्रहरूको आनन्द लिन । सेकेन्डमा फाइलहरू डाउनलोड गर्न मद्दत गर्दछ । यसले युजर्सको समय र पैसा मजाले बचाउन पनि मद्दत गर्दछ । पोर्टेबल वाईफाई हटस्पटले विश्वव्यापी इन्टरनेट पहुँच प्रदान गर्दछ, जसले कुनै पनि उपकरण, कहीँ पनि जडान गर्न सम्भव बनाउँदछ । सबै उपकरणहरूको लागि निरन्तर भरपर्दो, छिटो र सुरक्षित इन्टरनेट जडान सुनिश्चित गर्दछ, चाहे तपाईं संसारमा जहाँसुकै हुनुहोस् ।

एकपल्ट चार्ज गरेपछि पोर्टेबल वाईफाई डिभाईसले दश घण्टासम्म काम गर्न सक्छ । सोलार चार्जर पनि पाइन्छ अनि भएन त कमाल । पावरको चिन्ता नै भएन । फेरि यो त वायरलेस भएकाले तारको तन्द्र्याङ् तुन्दु्रङ्बाट पनि मुक्ति पाइन्छ । घरि–घरि केवल अपरेटरलाई फोन गरिरहन पनि पर्दैन । यो डिभाईस चलाउनुको केही फाइदाहरु यी हुन सक्दछन्ः निजात्मक वाईफाई कनेक्टिभिटी, सजिलो कनेक्टिभिटी, सिंगल रिच, इनर्जी इफिसिएन्सी, कन्भिनियन्स्, डिस्टर्भफ्री वाईफाई कनेक्टिभिटी, पर्सनल लाइफ फ्रेन्ड्ली, भर्सटाइल, युजरफ्रेन्ड्ली, शेयरएबलिटी र रिमोटनेस फ्रेन्ड्ली । यसको अर्को फाइदा भने के हो भने शहरी सुन्दरता कायम राख्न मद्दतगार हुन सक्छ । पहिला पहिला एन्टेना हुन्थे तारको जन्जाल हुँदैन थियो ।

अहिले त जे पनि केबल, अप्टिक फाइबर अर्थात् तार मार्फत सेवा दिइन्छ । त्यसैले शहरी सुन्दरता तारहरुले बिगारिरहेको छ । यदि पोर्टेबल वायरलेस वाईफाई डिभाईस व्यापक पारिने हो भने बिजुली र टेलिकमका खम्बाहरुबाट इन्टरनेटका तारहरु गायब हुनेछन् । शहरी या नगरको सुन्दरता कायम राख्न सजिलो हुनेछ । पोर्टेबल वाईफाई डिभाइस विश्वका धेरै देशहरुमा प्रयोगमा आइरहेका छन् । नेपालमा पनि सेल फोन प्रदायकले उपलब्ध गराउन थालेका छन् मात्र व्यापकता दिन जरुरी छ ।

सरकारले पनि यसलाई व्यापकता दिन द्रूतगतिमा काम गर्नुपर्दछ । तर, संसारका दूरसञ्चार कम्पनीहरू विशेषगरी सरकारी हिस्सेदारी रहेका निकायले यस प्रबिधिलाई प्रतिबन्ध लगाउने प्रयास गरिरहेका छन् किनकि पोर्टेबल वाईफाई डिभाइसको सजिलो पनले धेरै युजर्सहरु यतै मोडिन सक्दछन् । तर, पनि आशा गरौँ पोर्टेबल वायरलेस वाईफाई डिभाइस निकट भविष्यमा सबै युजर्सका लागि सजिलै उपलब्ध हुनेछन् । अनि यो त आजको जमानाको आवश्यकता नै हो । विकासको नयाँ मोडल हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here