मोरङ।
मोरङको दुई छुट्टा–छुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
रंगेली नगरपालिका–९ का लुखीराम हेमरमको श्रीमती २७ बर्षीय साक्रो हेमरम खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
यता मिक्लाजुङ गाउँपालिका–३ मा घर बनाउन गएका मिस्त्री झापा दमक नगरपालिका–४ का ३६ बर्षीय कुमार मोते घर बाहिर उभिएको अवस्थामा चट्याङले लागेर घाइते भएपछि उपचारको लागि दमक अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।