विमल दहाल,
माई, माई नगरपालिका इलामको आयोजनामा स्थानीय शिक्षा योजना निर्माण ९२०८१/ २०९१० सम्बन्धि तीन दिने अभिमुखीकरण कार्यक्रम सोमबार सुरु भएको छ ।
शिक्षामा भएका समस्या, चुनौती, अवसर, प्रतिफल, समस्या समाधान लगायतका विषयमा सुझाब संकलन गर्दै आगामी दश बर्ष भित्र माई नगरको शिक्षालाई कस्तो बनाउने उद्देश्य संकलन अभिमुखिकरणमा गरिएको थियो । संकलित सुझावहरुलाई योजना निर्माण मस्यौदा समितिले मंगलवार र बुधवार अध्ययन गरि पुर्णता दिने बताईएको छ ।
माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुको अध्यक्षता, शिक्षा शाखा प्रमुख सीता लावतीको सञ्चालनमा सुरु भएको अभिमुखीकरण कार्यक्रममा पूर्व नगर प्रमुख दीपक कुमार थेबे, उपप्रमुख विष्णुमाया आचार्य, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्म, दशवटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, सामाजिक विकास समितिका पदाधिकारी, नगर शिक्षा समितिका पदाधिकारी, स्थानीय बुद्धिजीवी, सामुदायिक र संस्थागत विद्यालयका अध्यक्ष र प्रधानध्यापक, सामुदायिक सिकाई केन्द्रका अध्यक्ष र परिचालक लगायतको सहभागिता रहेको थियो ।
माई नगरपालिका शिक्षा शाखा प्राविधिक सहायक केशव खनालको स्वागत रहेको अभिमुखीकरण कार्यक्रमलाई क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका लोकेन्द्र खड्काले सहजीकरण गर्नुभएको बताइएको छ ।