नयाँ पेपरको क्यालेण्डर सार्वजनिक: बिर्तामोडमा सामाजिक संजालको प्रयोग र चुनौति विषयक अन्तरक्रिया

0
130

झापा,  झापाको बिर्तामोडमा सामाजिक संजालको प्रयोग र चुनौति विषयक एक दिने अन्तरक्रिया कार्यक्रम भएको छ ।
प्राइड मिडिया प्रा.लि. बिर्तामोडद्वारा सञ्चालित नयाँ पेपर डटकम अनलाईन न्यूज पोर्टलको आयोजनामा सोमवार अन्तरक्रिया कार्यक्रम भएको हो । सोही अवसरमा प्रालिद्वारा टेवल क्यालेण्डर सार्वजनिक गरिएको थियो ।
प्रालिका अध्यक्ष निर्मलराज खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाई, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गणेश पोखरेल, तारामणि सापकोटा, महासंघ झापा उपाध्यक्ष सुव्रत न्यौपाने, बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज वास्तोलाले संयुक्त रुपमा क्यालेण्डर सार्वजनिक गरेका थिए ।
प्रालिका सञ्चालक पदम श्रेष्ठले स्वागत गरेको कार्यक्रममा पत्रकार उमाकान्त खनालले अन्तरक्रियाका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी बिर्तामोड नगर प्रमुख प्रसाई, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पोखरेल, सापकोटा, महासंघका उपाध्यक्ष न्यौपाने, खानेपानीका अध्यक्ष वास्तोला, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापा अध्यक्ष पुष्प खड्का, नारी संचार गृह झापाकी अध्यक्ष रेजिना रोदनलगायतले अहिलेको सामाजिक संजाल प्रयोगसँगै चुनौतिका विषयमा आ– आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन प्रालिका सम्पादक तथा प्रकाशक रमेश तिवारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here