धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

0
67

धनकाुट्टा। धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको साइ राम बस बुधबार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको हो।
दुर्घटनामा परी महालक्ष्मी नगरपालिकाकी ६० वर्षीया गंगा कार्की र सोही नगरपालिकाका वर्ष ६० का डिल्ली बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजन कार्कीले जानकारी दिए ।


दुर्घटनामा धनकुटा नगरपालिका–४ का ४५ वर्षीया दुर्गा माया तिम्सिना भट्टराई, मोरङ केराबारी–९ की वर्ष ६० की देवी न्यौपाने, महालक्ष्मी नगरपालिका–९ बस्ने ७५ वर्षीया तारा देवी काफ्ले, महालक्ष्मी नगरपालिकाका–८ की १७ वर्षीया खुसी लुंगेली, मोरङ गछिया–७ की आठ वर्षीया अंकिता खड्का र सोही नगरपालिका–७ की सिर्जना जिमी घाइेते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here