मेचीनगरमा आजदेखि गाई-भैसीलाई ´खाेरेत` राेग विरूद्धकाे खाेप लगाउन सुरू

0
51

मेचीनगर।

मेचीनगर नगरपालिका क्षेत्रभित्र आजदेखि गाई-भैसीलाई खाेरेत राेग विरूद्धकाे खाेप लगाउन सुरू गरिएको छ ।

राष्ट्रिय पशुपंक्षी खाेप कार्यक्रम अन्तरगत काेशी प्रदेशमा नै पहिलाे चरणकाे खाेरेत राेग विरूद्धकाे खाेप अभियान मेचीनगरमा सुरू गरिएको हाे ।

आइतबार नगरपालिकाकाे पशु शाखामा काेशी प्रदेश पशुपंक्षी तथा मस्य विकास निर्देशानलयकी पशु चिकित्सक अधिकृत साताैं पवित्रा दाहालले नगरका १५ वटै वडामा खटिएका भ्याक्सिनेटरहरूलाई राम्राे सहज भएर काम गर्न आग्रह गरेकी थिइन् ।

नगरपालिकाका पशु सेवा शाखाकाे सिफारिसमा भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाबाट नियुक्त भइ खटिइ आएका भ्याक्सिनेटरहरूलाई सहयोग, सहजीकरण, अनुगमन र व्यवस्थापन गर्न प्रत्येक वडामा पुग्न टाेल, समूह र फाेकल पर्सन समेत तयारी गरिएको छ ।

नगरपालिकाका पशु सेवा शाखाका पशु प्राविधिक बिक्रम गुरूङका अनुसार ९ वटा टाेली, ४ वटा समूह, खाेप कार्यक्रम रेखदेख, अनुगमनका लाग वडा नम्बर १, २, ३ र ४ मा वडा प्राविधिक मदनकुमार भण्डारी, वडा नम्बर ५, ६ र ७ मा वडा प्राविधिक रञ्जु खड्का, वडा नम्बर ९, १० र ११ मा वडा प्राविधिक कञ्चन दाहाल, वडा नम्बर १२, १३, १४ र १५ मा वडा प्राविधिक रेशबहादुर तामाङलाई जिम्मेवारी ताेकिएकाे छ ।

यस्तै सम्पूर्ण वडाकाे खाेप वितरण, रेखदेख, तथा खाेप फाेकल व्यक्ति पशु प्राविधिक छत्रबहादुर राईलाई ताेकिएकाे उनकाे भनाई छ ।

इलाम जिल्लालाई खाेरेत खाेप मुक्त घाेषणा गर्ने लक्ष्य अनुरूप छिमेकी जिल्लाहरूलाई बफर जाेन अन्तरगत झापामा पनि याे अभियान सुरू गरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार काेशी सरकारले इलामलाई खाेरेत मुक्त जिल्ला बनाएर त्यहाँका उत्पादनलाई अन्तरास्ट्रिय व्यापार बढाउने उदेश्य रहेकाे छ । ६/६ महिनामा गाई-भैसीलाई लगाउने उक्त खाेप अर्काे ६ महिनामा बुस्टर खाेप लगाइने बताइएकाे छ ।

त्यसपछि बाख्रा, कुखुरा, बंगुर लगायतका पशुपंक्षीलाई अन्य खाेप पनि लगाइदैँ जाने गुरूङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here