अर्जुनधारा जलेश्वर धाममा वायु पुराण शुरु

0
72
अर्जुनधारा ।
 
झापाको अर्जुनधारा नगरपालिका–७स्थित पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाममा बिहीबारदेखि वायु पुराण सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।
धामको ४३औं वार्षिक अनुष्ठानकोरुपमा धाम व्यवस्थापन समितिको आयोजनामा शुरु भएको उक्त महायज्ञको प्रमुख अतिथि १००८ केशवानन्द स्वामीजी महाराज(केएन स्वामी)ले उद्घाटन गरेका थिए ।
आगामी मंसीर ३ गते बालाचर्तुदशीका दिन सम्पन्न हुने महायज्ञको प्रमुख वाचक अन्तराष्ट्रिय कथाव्यास एवम् धामका व्यासाचार्य पण्डित कुवेर सुवेदी र उपवाचक अर्जुनधारा गुरुकुल वेद विद्यापीठका प्राचार्य पण्डित हेमन्त भण्डारी रहेका छन् ।
समितिका अध्यक्ष नविन गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि केएन स्वामीले आर्शिवचन प्रदान गरेका थिए । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, धामका मूलअर्चक अग्निप्रसाद सिग्देललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समितिका उपाध्यक्ष अम्बिकाप्रसाद खतिवडा र बटुक खेमराज लामिछानेद्वयले स्वागत मन्तव्य प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए । महायज्ञ उद्घाटन अघि विभिन्न संघ–संस्थाहरुको सहभागीतामा अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानहरुमा कलश यात्रा ¥याली सञ्चालन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here