झापा, समाजप्रति उत्तरदायी भावना सहित वीरत जेसीजले बिर्तामोड–४ स्थित परोपकार वृद्ध आश्रममा जेष्ठ नागरिकहरूलाई लक्षित गरी भोजन ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
वीरता जेसीज बर्ष २६का अध्यक्षता जेसी लोक चन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर घनश्याम चौधरी रहनुभएको थियो।
प्रमुख अतिथि चौधरीले जेष्ठ नागरिकहरू समाजका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको सम्मान, सेवा र संरक्षण सबैको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठले जेसीजले सधैं सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै यस्ता मानवीय कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको र आगामी दिनहरूमा पनि जेष्ठ नागरिक लक्षित कार्यक्रमहरू थप प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो।
कार्यक्रमको संयोजन जेसी अर्जुन सहनीको स्वागत तथा आस्था वाचनजेसी अमर जित शाहले गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव जेसी सुबास तिखत्रीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन कार्यकारिणी उपाध्यक्ष जेसी पुकार बरालले गर्नुभएको थियो।
कार्यक्रमले वृद्ध आश्रममा आश्रित जेष्ठ नागरिकहरूलाई आत्मीयता, सम्मान र खुशीको अनुभूति गराएको आयोजक पक्षले जनाएको छ ।






























