प्रज्ज्वलाको २३औँ वार्षिकोत्सवमा २० जनालाई इलेक्ट्रिक जग वितरण

0
3

अर्जुनधारा,  झापाको अर्जुनधारा नगरपालिका–८ स्थित प्रज्ज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३औँ वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ। 

संस्थाको कार्यालय प्राङ्गणमा सञ्चालक समितिका अध्यक्ष डिल्लीबहादुर घोर्साईंको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन अक्षयकोषदाता तथा प्रमुख अतिथि युवराज प्रसाईंले गरेका थिए।

कार्यक्रममा संस्थाले स्थापना गरेको अक्षयकोषबाट संस्थामा आबद्ध २० जना अपाङ्गता भएका शेयर सदस्यलाई निःशुल्क इलेक्ट्रिक जग वितरण गरिएको थियो। जग प्राप्त गर्नेमा आकाश पोखरेल, चिन्ताकुमारी गिरी, जसोधा सुनुवार, जानुका तिम्सिना, जीवनप्रसाद सापकोटा, नमिता कठेत, पुनम कटुवाल, पाल्मु गोले तामाङ, प्रशंसा बस्नेत, भवानीशंकर थपलिया, मञ्जु भूजेल, मुन्नी कार्की, यमुना गुरागाईं, युवराज खनाल, रनमाया नाल्बो सुब्बा, राम्रीमाया तामाङ, रोहित सार्की, विष्णु कार्की, सन्तोष राजवंशी र सौगात निरौला रहेका छन्।

सोही अवसरमा अक्षयकोषकी दाता तथा सहनशील महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक पम्फादेवी विश्वकर्माले थप सहयोगस्वरूप पाँच हजार रुपैयाँ संस्थाका अध्यक्ष घोर्साईंलाई हस्तान्तरण गरेकी थिइन्।

कार्यक्रममा संस्थापक अध्यक्ष दीपेन्द्र काफ्ले, अक्षयकोषदाताद्वय पदमबहादुर मगर र राम बुढाथोकी तथा सञ्चारकर्मी चर्तुभूज काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको स्वागत मन्तव्य समितिकी उपाध्यक्ष रञ्जना कार्कीले राखेकी थिइन् भने सञ्चालन व्यवस्थापक तुलसा कुँवरले गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here