सातौं झापा गोल्डकपका सर्वोत्कृष्ट खेलाडी तामाङ सम्मानित

0
1
अर्जुनधारा ।
हालै सम्पन्न सातौं झापा गोल्डकपका उपाधि विजेता मछिन्द्र फुटबल क्लबमा आबद्ध अर्जुनधारा नगरपालिका–७ निवासी खेलाडी पेमा तामाङ सम्मानित भएका छन् ।
अर्जुनधारा नगरपालिका–७ स्थित ओलीज स्कवायरको प्राङ्गणमा बुधबार आयोजित कार्यक्रममा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत घोषित उनलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार पाँच हजारसहित सम्मानित गरिएको हो ।
फेसबुक पेज “गाँउबेसीको माया परदेशीलाई कोसेली”का सञ्चालक एवम् सञ्चारकर्मी चर्तुभूज काफ्लेको समन्वयमा दाताहरु स्थानीय परिचित खुलाल, अर्जुनधारा–५की जानुका कडरिया उप्रेती, अर्जुनधारा–८ का प्रज्वल बुढाथोकी र बुद्धशान्ति गाँउपालिका–२ की कमला बोहोरा खत्रीले नगद पुरस्कार प्रदान गरेको हो ।
सञ्चारकर्मी काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी र ओलीज स्कवायरका सञ्चालक चेतन ओलीले नगद पुरस्कार संयुक्त रुपमा खेलाडी तामाङलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मछिन्द्र फुटबल क्लबका अर्का खेलाडी प्रदिप बुढाथोकी, शनिश्चरे फुटबल क्लबका सचिव हरि गुरुङ, सदस्य एजिश खड्कालगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here