मेचीनगर अनलाइन आजदेखि चौंथो वर्षमा

0
2

काँकरभिट्टा।

मेचीनगर अनलाइन डटकम आजदेखि चौंथो वर्षमा प्रवेश गरेको छ ।

मेचीनगर–६ काँकरभिट्टामा मुख्य कार्यालय रहेको पाउ पाथिभरा सञ्चार प्रालिद्धारा प्रकाशित हुँदै आएको मेचीनगर अनलाइन डटकम स्थापनाको तीनवर्ष पुरा गरेर चौंथो वर्षमा प्रवेश गरेको हो ।

२०७९ फागुन १४ गतेबाट सुरु गरिएको थियो । खोजमुलक र ताजा समाचारहरु अनलाइनको माध्यमबाट पढ्ने पाठकहरुको रुचीलाई मध्येनजर गर्दै सञ्चालन गरिएको मेचीनगर अनलाइन छोटो समयमा धेरै पाठकहरुको अपार माया जित्न सफल भएको छ ।

व्यवसायीक पत्रकारितालाई शिरमा राखेर स्थानीय समाचारलाई बढी प्राथमिकता दिने प्रयास गरिरहेको छ । सबै राजनीतिक दल, पेशा, व्यवसाय, धर्म र संस्कृति, भाषाभाषी, जातजाति, क्षेत्र, वर्ग, लिंग लगायतका समाचारहरुलाई समावेशी ढंगबाट प्राथमिकताका आधारमा प्रकाशन गर्दै आएको अनलाइनका सम्पादक तथा सञ्चालक अर्जुन कार्कीले जानकारी दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा सुशासनको परिकल्पना, स्वास्थ्य, शिक्षा, विकास, खेलकुद लगायत समाजमा हुने विकृति, विसंगती र भ्रष्टचार विरुद्ध खवरदारी गर्ने अभियान निरन्तर रहिरहेको सम्पादक कार्कीको भनाई छ ।

उनका अनुसार डिजिटल पोर्टलको रुपमा रहेको अनलाइन मिडियालाई थप पुरस्कृत गर्न अब निकट भविष्यमा युट्युव च्यानलको संस्करणलाई पनि सशक्त बनाएर लैजाने छौं ।

वार्षिकोत्सवको अवसरमा आम पाठक, लेखक, विज्ञापनदाता, कर्मचारी, शुभेच्छुक लगायत अनलाइनमा आवद्व सम्पूर्ण साथिहरुलाई सम्पादक एवम् सञ्चालकको तर्फबाट हार्दिक आभारसहित धन्यवाद दिन चाहान्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here