मेरो सहरेडाँगी

0
477

13238917_990187661077883_6551478737886656627_n

–हरिकृष्ण भण्डारी (अवोध)
एउटा सानो गाँऊ छ ठाऊँ छ समाज छ यति सुन्दर शान्त अनि मनमोहक जो कसैलाई मनपर्छ सबैको मन आकर्षित हुन्छ त्यहाँ बसोबास गर्नको लागी त्यहाँ जीवन यापन गर्नको लागि । आय आर्जनमा भनौं या शिक्षा र सुबिधाको लागि भनौं या स्बास्थ बातावरणको लागि समाजिक एकता अनि
मेलमिलापको लागी भनौं या त खेतीपाती उब्जनीको लागि हावापानी मौसमको लागि साथै स्वास्थ्य र सुरक्षा सम्पूर्ण दृष्टिकोणबाट अति उपयोगी सहज अनि अमूल्य छ । नत कुनै वाढी पैरोको डर हुन्छ नत कुनै जञ्जीर प्राकृति प्रकोपबाट अहिलेसम्म कुनै असहाय अष्मरणीय घटनाहरु घटेको कुनै इतिहास या बर्तमान तथ्यहरु नै प्रमाणीकरण गरीएको छ । सुन्दर शान्त त्यो गाँऊ हो त्यो समाज हो जहा अनेकतामा एकता छ । ९५.५ जतीले लेख पढ़ गर्न आफ्नो नाम लेख्न सक्नु हुन्छ । यो पूर्वी नेपालको झापा जिल्लाको एउटा मुटुको रुपमा चिरपरीचीत स्वर्ण स्थान हो सहरेडाँगी । हाम्रो यो गाँऊ समाजमा हरेक घर परिवारमा वुवाआमा छोराबुहारी छोरीज्वाई कोही न कोही सदस्यहरु कित डक्टर इन्जीनियर कित लेक्चर प्रोफÞेसर कित पत्रकार लगायत सबै आ– आफ्नो पेशामा आबद्ध हुनुहुन्छ प्राय जसो कोही पनि बेकामको भएर बिना आम्दानी समय बर्बाद पारेर बस्नु पर्नेस्थित छैन ।
खेतीकिसानको लागि अति उत्तम छ यो ठाउँ । उब्जनीको लागि त्यतीकै प्रख्यात छ हाम्रो सहरेडाँगी । यहाँ धान मकै मात्र होइन हरेक प्रकारका बालीनाली लगाईन्छ । कृषिको हिसाबले पनि सहरेडाँगी उब्जनीको हिसाबमा अरु ठाँउको तुलनामा अग्रसर छ बास्तबमा भन्नु पर्दा हरेक कुराको
पक्षबाट नेपालको सबै ठाँउको तुलनामा तुलनात्मक रुपमा गुणात्मक रुपमा हरेक पक्षबाट धेरै अग्रपंतीमा पर्ने मैले अनुमान गरेको छु तर अलि ओझेलमा परेका कारण भनौ या त प्रचार प्रसारको अभाबका कारण यस्ले आफुले देखाउन सक्ने प्रभुत्व देखाउन सकिनरहेको अबस्था बिध्यमान छ । तर यो ठाउँलाई हरेक कुराहरुबाट विकसित गर्नमा सबै सहरेडागी बासीहरुको ठूलो भूमिका रहन्छ । यदि हामी सहरेडागी बासीहरु एक जुट नहुने हो भने यो कहिलै सम्मभब हुदैन तर हाम्रो समाजमा को बालक को जÞबान को बृद्द सबै आफ्नो आफ्नो कार्यमा ब्यबहारमा अनुसाशीत त्यागी एकीकृत सहयोगी सामाजिक भावनामा पूर्णसहमत हुनुहुन्छ । सोही कारण यति राम्रो समाजको सृजना भयो अनि मेलमिलापको बिजन छरियो त्यही बिजनहरु सहरेडागीको परिवेशभित्र त्यही उम्रीदै बढदै फुल्दै फल्दै एकनाशले अहिले सम्म को पुस्ताहरुको लागि सुन्दर बगैंचाको फाट बनी दियो। र आशा छ यसरी नै हाम्रो गाँऊ हाम्रो समाज युगौयुगसम्म यस्तै मेलमिलाप एकतामा प्रफुष्टित भई रहने छ । अनि अझैं यो भन्दा पनि सुन्दर फूलहरुको उत्पति हुने छ, उर्वरा शक्ति बढ़ने छ ता कि अन्य स्थान को निम्ती यो भन्दा बढ़ी उदाहरणको मूल थलो बन्ने छ । अहिलेको
परिबेशमा आएर मूल्याँकन गर्दा हाम्रो हाम्रो सहरेडागी शिक्षा स्वास्थ्य
खानेपानी संचारमाध्यम सरसफाई बाटोघाटो स्कूल यातायात सुरक्षा सबै कुराहरुमा निपूर्ण छ सबै सेवाहरु हाम्रो सहरेडागीमा उपलब्ध छ । त्यति मात्र हैन चिसो हाबा खान मन लागे केहि मिनटमा नै सुन्दरताले भरीभराऊ भएको स्वच्छ हाबाको अनुभब लिन मनलाई प्रफुलीत वनाउन
हाम्रो छिमेकी जिल्ला ईलाम सबार गर्न पाउछौं । केही कुराको अभाव भए हाम्रो देशमा सम्भव नभए छिमेकी राष्ट्र भारत पनि २०÷२५ मिनटमा पुग्न
सक्छौं हरेक कुराको दृष्टिकोणबाट हाम्रो सहरेडागी भरपुर छ आफैमा परिपूर्ण छ प्राकृतिक आर्थिक समाजिक हरेक दृष्टिकोणबाट । हरेक स्थानको आफ्नो आफ्नो बिशेषता हुन्छ राम्रो नराम्रो पक्षबाट होस् सामाजिक पक्ष आर्थिकपक्ष धरातलीयपक्षबाट भौगोलिक बनौटबाट तर हाम्रो सहरेडागी हरेक पक्षबाट भरपूर छ पुर्णरुपमा । प्राकृतिले पनि कति सोचेर नियतिले पनि कति समय लगाएर निर्माण गरेको होलान् जस्तो लाग्छ हाम्रो सहरेडागी अन्य स्थानहरु जति नै रमणीय मनमोहक सुन्दर भए पनि कति कुराहरु बाट बन्चीत हुनु बिवस छ । वाढी पहिरो आँधीबेरी जस्तो अनेकौं जन्जीरता बाट तर हाम्रो सहरेडागी हरेक कुराबाट निपूर्ण छ । संस्कृति मा उतिनै धनी मेरो सहरेडागीमा वि.स.२०३९सालमा माधव संस्कृत विद्याश्रमको स्थापना भएता पनि यस अघि बर्सौदेखी प. माधवप्रसाद भण्डारी (साना गुरु)ले आफ्नै जन्मस्थान सिबुवामा आफ्नै निबास्मा धेरै बिध्यार्थीलाइ अध्यापन गराउदै आएपछि समयमा यस पुण्य भूमिमा आएर पनि धेरै बर्ष आफ्नै निबासमा बटुकहरु भेला पारेर संस्कृतको ज्ञान दिदै आयेका उहाँलेपछि गएर उहाँकै सन्तान मध्ये उहाँका साहिला छोरा एक बौद्धिक ब्यक्ति बासुदेव भण्डारीले आफनु नाम मा रहेको जग्गा मध्ये २कठ्ठा १० धुरमा एउटा ३ कोठ्ठे पक्की भवन निर्माणगरि उक्त संस्थालाई हस्तान्तरण गरेको कतै लुकिछिपेको छैन । बिहान बेलुकि त्यहा महर्शी बैदिक फाउन्डेसनको रुद्राभिषेक र दिन भरी गुरु ज्यु र बटुकहरुको मुखारबृन्दबाट अनबरत प्रबाह भइरहने संस्कृत स्तोत्रले गाउभरिनै शान्ती अनि आनन्दको एहसास हुने गरेको छ ।करिब ४० जाना जति बटुक रहेको सोहि विद्याआश्रममा पुर्बको काकर्भिट्टा देखि पश्चिम्को काठमाडौंसम्मका बटुकहरु अध्ययन गरिरहेकाछन । प्रारम्भमा केही उल्झन आएता पनि अब्ब्ल यस आश्रममा पछि सहिष्णुताको डोरि झन कसिलो हुदै गएको देख्न सकिन्छ ।त्यती मात्र नभएर स्थानीयहरुको सहयोगमा माधवेस्वर शिब पन्चायतन को समेत निर्माण भएको छ । म धेरै ठाँऊहरु डुलें घुमे चारै दिशाको साथी भाईहरु इष्टमित्रहरु पाए बनाएँ कति असल बिचार भाबको साथी संगी पाए त कोहि अबुझ घमण्डी स्वार्थी असामाजिक पाएँ भने कोहि चाहि बुझेको सुनेको जाने कुराहरु लाई बुझपचाएर नबुझेको नाटक गर्दै बाहानामा रमाउनेहरु तर मैले मेरो गाँऊ समाजमा भएको क्रियाकलापहरु ब्यबहारहरु घटनाहरु सरसरती केलाउने नियाल्ने कोशिस गरे मेरो जन्म ठाऊ म हुर्केको मेरो गाँऊ म पढेको मेरो समाजमा अरु स्थानको मान्छेहरु को सोचाई ब्यबहारहरु मा मैले धेरै भिन्नता पाए ।अनि
आफैआफ खुसीले गर्ब गर्दै रमाए कारण म यती राम्रो गाँऊ समाजको
छोरा चेला भएर मेरो जिबनका बाल्यकाल देखी अहिलेको अवस्था
सम्म मेरो अमुल्य समयहरु ब्यथीत गरेर । हाम्रो अग्रजहरु हाम्रो गुरुहरु बाट राम्रो ज्ञान महान बिचार समाजिक एकता एकआपसमा आदार प्रेम के सहि के गलत के छुट्टाउन सक्ने मनस्थितिको बिकास गर्ने सौभाग्य पाएँ । यो भन्नुको तात्पर्य अरु गाँऊ समाज अन्य ठाँऊहरु को
ब्यक्तीत्वहरु नराम्रो खराब भन्न खोजेको हैन सबै ठाँऊहरुमा गाँऊ समाजमा कति पय नराम्रो ब्यक्तीत्वहरु हुनु हुन्छ मेरो गाँऊ समाजमा पनि केही केही त्यस्तो ब्यक्तीत्वहरु हुनुहुन्छ तर अन्य ठाऊ को तुलनामा धेरै नै न्युन अति न्युन मानौं अपबादको रुपमा मात्र बिरलै पाईन्छन् मेरो गाँऊ
समाजमा । यो सबै हुनमा हाम्रो गुरुहरु को हाम्रो अग्रजहरुको
सबै भन्दा ठुलो अनि महत्व पुर्ण देन छ माटो को भाँडा जस्तो आकारको बनाउन चाहायो त्यस्तै बनाउनलाई बनाउने मान्छेको हातमा भर पर्छ त्यस्तै घर गाँऊ समाज राम्रो बनाउन उदारणीय बन्नलाई हाम्रो गुरुहरु अग्रज मान्यजनको भूमिकामा ब्यबहारमा ठूलो हात हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here