घुम्ती शिविर गर्दै गाउँपालिका

0
829

गणेश अर्याल
इलाम , इलामको रोङ गाउपालिकाको कार्यलयमा आगामी चैत्र २१ र २२ गते एकीकृत घुम्ती सिबिर सञ्चालन हुने भएको छ । यसै बिषयमा आज गाउपालिकामा एक छलफल कार्यक्रम सम्पन्न भएको छ । नागरिकता बितरणको क्रममा आइपर्ने अप्ठ्यारोलाइ सजिलोको बनाउनको लागि छलफलकार्यक्रम आयोजना गरिएको गाउपालिका अध्यक्ष शम्सेर राइले बताए । कार्यक्रममा गाउपालिका उपाध्यक्ष चन्द्रकला राई ६ वटै वडाका अध्यक्षहरु, गाउपालिका स्थीत माध्यमिक बिद्यालयका प्रधानाध्यापक र प्रतिनिधीहरु, सुरक्षा कर्मी तथा पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकीय अधिकृत सफल पोर्तेल र कर्मचारी लक्ष्मण पाण्डेले सहजीकरण गरेका थिए । आगामी बिहिबार र शुक्रबार हुने सो शिबिरमा नागरिकताको प्रमाण पत्र बितरणको साथ साथै वडा नम्बर ३ को लागि अपाङगता को प्रमाणपत्र जेष्ठनागरिकको परिचय पत्र पनि बितरण हुने कार्यक्रम रहेको गाउपालिका अध्यक्ष सम्सेर राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here