माङहिमलाई गजुर हस्तान्तर

१५ चैत्र २०७५, शुक्रबार मा प्रकाशित

केशवराज भण्डारी

झापा,  किराँत तियेङ लुङ चोलुङ माङहिम लाई गजुर हस्तान्तर गरिएको छ ।

झापाको कमल गाउँपालिका ३ केर्खा स्थित किराँत तियेङ लुङ चोलुङ माङहिमका अध्यक्षका दलबहादुर  मेन्याङ्गवो  लाई  दमक ८ निवासी धन बहादुर मावो र श्रीमती जसुरा मावोले  २ लाख १७ हजार रुपैया भन्दा वढी मुल्य पर्ने पित्तलको गजुरे लाई प्रदान गरेका हुन ।

२०७१ सालमा स्थानिय दलबहादुर  मेन्याङ्गवो   (हाल माङहिमका अध्यक्ष) ले ९० लाख रुपैया मुल्यपर्ने ४ कठ्ठा जमिन निशुल्क दिएपछि सोहि जग्गामा कमल गाउँपालिका ,प्रदेश १ र स्थानिय चन्दाको सहयोग गरी जम्मा ३४ लाख ९१ हजार ९ सय ८ रुपैयाको लागतमा ९ तले माङहिमको  निर्माण  भएको हो ।

गजुर हस्तान्तर कार्यक्रममा  प्याप्सन का केन्द्रिय उपाध्यक्ष गौरिमान फागो  समाजसेवी भिमप्रसाद राई लगायत विभिन्न ठाउँबाट चन्दादाताहरुको उपस्थिती रहेको थियो ।

किराँत तियेङ लुङ चोलुङ माङहिम   निर्माण समितीका अध्यक्ष सुर्य प्रसाद एकपाङ्गदेन ले स्वगत मन्तव्य राखेका थिए भने कोषाध्यक्ष लाख बहादुर मावोले आयव्याय प्रस्तुत गर्नुका साथै सचिव नर बहादु लिङ्गदेनले  कार्यक्रम सन्चालन गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here