हस्ताक्षर संकलन गर्दै राप्रपा

0
1013

गाैरीगंज ,राष्ट्रिय प्रजातन्त्र पार्टी गाैरीगंजले आजदेखि हिन्दु राज्य पुनर्स्थापनाका लागि हस्ताक्षर संकलन कार्य सुरू गरेकाे छ ।
पार्टीका सहमहामन्त्री राजेश गिरीले हस्ताक्षर संकलन कार्यक्रमकाे सुभारम्भ गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका महामन्त्री गिरीले हिन्दुराज्य पुनःस्थापनका लागि जनतालाई जागरुक गराउन र सरकारलाई दवावदिन हस्ताक्षर संकलन गर्न लागिएकाे बताए । देशभरि राप्रपाले हस्ताक्षर संकलन कार्यक्रम चैत १७ गतेबाट शुरू भएकाे जनाउदै अनुशासित जीवन पद्वति अंगालने सबै हिन्दु धर्मावलम्बी भएकाे सहमहामन्त्री गिरीले बताए । झापाबाट १ लाख भन्दा बढीकाे हस्ताक्षर गरि देशभरिबाट अत्याधिक हस्ताक्षर संकलन गरि राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाई हिन्दुधर्म स्थापनाका लागि दवावदिने उनले बताए । राप्रपाका जिल्ला अध्यक्ष अम्बर बहादुर विष्टले जनताकाे भावना नबुझी जबरजस्ती संविधानमा धर्म निरपेक्ष लेखाउनुले हिन्दुधर्मलाई सखाप पार्ने षडयन्त्र गरेकाे आराेप लगाए ।

उनले यसकाे विरूद्वमा राप्रपाले विभिन्न चरणवद्वरूपमा आन्दोलनका कार्यक्रमहरू गर्दै आएकाे बताउदै चैत १२ गतेदेखि १६ गतेसम्म प्रचारप्रसार, १७ गतेदेखि हस्ताक्षर संकलन कार्यक्रम, २५ गते जिल्ला प्रशासन कार्यालय २ घण्टा घेर्ने, धर्म निरपेक्ष लेखिएकाे प्लेकार्ड जलाउने, २७ गते गाउँपालिका / नगरपालिका घेर्ने र चैत ८ गतेदेखि सडकमा सुतेर सत्याग्रह जस्ता दबावमुलक कार्यक्रम गरिने बताए । परापुर्वकालदेखि मानिआएकाे हिन्दु धर्मलाई पैसाकाे चलखेलमा संविधानमा हिन्दुराज्य नलेखि धर्मनिरपेक्ष लेखिनुले हिन्दुधर्मालम्वीहरूकाे भावनामाथि खेलवाड गरेकाे आराेप लगाए । जिल्ला अध्यक्ष विष्टले बर्तमान नेकपाकाे सरकार भ्रष्ट्रचारमुखी भएकाे र २०४६ सालदेखि नै पार्टीका नेताहरू भ्रष्टाचारमा लिप्त भएकाले छानविन गरि कानुनकाे दायरामा ल्याउनुु पर्ने बताए ।
राप्रपा गाैरीगंजका अध्यक्ष सहदेव खड्काकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टीका जिल्ला सदस्य जयबहादुर गुरूङ, बाबुराजा श्रेष्ठले बाेलेका थिए कार्यक्रममा जिल्ला उपाध्यक्ष नयनसिंह भण्डारी,जिल्ला सदस्य भिमबहादुर बस्नेत, देवि थापा, सुशिला ताज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here