गजल

0
845

तिम्रो जीत निश्चित भए मलाई हार्न मन छ
म प्रति तिम्रो बिश्वास परिपक्क पार्न मन छ

उतारचढाव जिन्दगीमा आए नानाथरी
भ्याएसम्म बल बुताले बार बार्न मन छ

अप्ठ्यारोमा आफन्तकै बज्दो रैछ ताली
मौका पारी बैगुनीलाई गुनले मार्न मन छ

जिन्दगीका भिरपाखामा पर्खाल लाउँदैछु
त्यति गर्न आफूलाई अली खार्न मन छ

पौरखभित्र उदाउने छ सुनौलो बिहानी
निःस्वार्थमा सत्कर्मको बिरुवा सार्न मन छ ।

टीका भट्टराई नेपाल,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here